Categories: बाल कथा

“तागत”

तुलसी पण्डित

मिठुको तन्द्रा एक्कासी खुल्यो । गाउँका तिनजना चेली हराएछन् । गाउँलेको रुवाबासीमा उनको मन अधैर्य भयो । उनले अब बुद्धिले काम लिनु पर्छ भन्दै एक गोप्य योजना बनाइन् ।
गाउँको बिर्खे पट्टी उनको ध्यान खिचियो । ऊ पनि चेलीबेटी बेचबिखनमा लागेको कुरा उनले गोप्य तबरबाट थाहा पाएकी थिइन् । उसको सम्पर्कमा पुगेकी मिठुबाट ठूलो आश्वासन पाएकोमा बिर्खे जिल्ल पर्यो ।
“हेर तिमीले यो काममा सहयोग गर्यौं भने थोरै समयमा मालामाल हुन्छौं ?”

“हो मैले सय जनाको विदेश जान चाहने केटीहरुको नाम तयार गरेको छु । उनीहरु बिदेश जान चाहन्छन् । आजको पन्ध्र दिनमा परेवा डाँडाको स्कूलमा जम्मा हुने योजनाका साथ काम गर्यौं । बरु त्यति धेरै केटीहरु लैजान धेरै मान्छे चाहिन्छन् । बरु तपाईको यस काममा लागेका सबैलाई बोलाउनु होला । त्यसमा तपाईको माथिल्लो स्तरमा काम गर्नेलाई पनि बोलाउनु पर्छ ? किनभने उनीहरुबाट नै यति ठूलो योजना सफल हुन सहयोग पुग्छ ।”
“हो तिमीले ठिक भन्यौं । त्यति ठूलो काममा हामी सबैको संलग्न हुन्छ नै । नत्र यो काम पूरा गर्न सकिँदैन नि ?”
रातको बखत परेवा डाँडामा निकै चहलपहल छ । केटी बेच्ने ठूलै गिरोह त्यहाँ जम्मा भएका छन् । फोन सम्पर्क भइरहेको छ । “ल ल एक घण्टामा हामी आइपुग्छौं ।” ” कतिजना हुनुहुन्छ तपाईहरु ?”
“हामी बीस जना छौ ।” “चाँडै गर रातीको समयमा यो गाउँबाट बाहिरिनु पर्छ । बिहान हुनु अगाडि होटेलमा गएर बस्नु पर्छ ।” “हस् हामी चाँडै आइपुग्छौं ?” पर्खेर बसेकाहरुमा ठूलै पहाड खनियो । चारैतिर प्रहरीले घेरा हाले । मिठुले अट्टहास हाँस्दै भनिन् ।
“देख्यौं चेलीको तागत । “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

7 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

7 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago