Categories: कविता

“लाज थोरै बचाऊँ”

कृष्णशरण उपाध्याय पौडेल

छन्द : मन्दाक्रान्ता

जन्में हुर्कें जुन मुलुक मा , खेल खेलेँ रमाएँ
ऊर्जा साथै श्रम सिप कला , ज्ञान केही कमाएँ
त्यो माटो मा जप तप गरी , ज्ञान – गङ्गा बहाऊँ
दिन्थ्यो मीठा मृदुल रचना , कृष्ण भन्ने कहाऊँ।

मेरै माटो अतिशय महान् , लाग्छ संसार माझ
खोला नाला प्रकृति हरिया,स्वर्ग झैँ लाग्छ आज
भन्छन् जस्तो हिमशिखर ले,उच्च आकाश छोऊ
हीरा मोती मणि सुन सरि – सृष्टि मा खास होऊ।

हाँस्दै खेल्दै जुन मुलुक मा , प्रीति का गीत गाएँ
आँधी झेल्दै शिशिर सहँदै , नीति मा प्रीति लाएँ
त्यो माटा को गुण र गरिमा , बोक्नु हो धर्म मेरो
त्यै माटा को मधुर महिमा , घोक्नु हो कर्म मेरो।

शिक्षा पाएँ जुन मुलुक मा , ज्ञान विज्ञान पाएँ
दीक्षा पाएँ पल पल जहाँ , मान सम्मान पाएँ
त्यो माटा को हित पनि गरूँ , अङ्ग थोरै सजाऊँ
साडी चोली पहिरन दिऊँ , लाज थोरै बचाऊँ।

जाने नै हो अलिक छिन मै , काल आएर ताने
नाशिन्छन् यी सुन धन सबै , मृत्यु ले वज्र हाने
बस्दा बाँच्दा यस मुलुक को , कर्ज थोरै उतारूँ
आफ्नै सानो श्रम र बल ले , ठाउँ आफ्नै सुधारूँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

7 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

7 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago