Categories: बाल कथा

हराएको केटाे

बिष्णु उप्रेती
सृजनानगर भक्तपुर

बिपिनले काँईला काजीलाई ,हात समातेर डाेर्याउदै मन्चमा लिएर आयाे।भब्य सिंगारिएकाे मन्चकाे बीचकाे साेफामा बसायाे,अनि हजारै हजारका नाेटहरुले बुनेकाे र फूल दुबाेले बुनेका माला लगाई दिगाे । मनिपुरे दाेसल्ला ओडाई दियाे र अबिरले स्वागत गर्याे।
याे स्वागत समाराेह ,सहरकै उत्कृष्ट हाेटलमाआयाेजना गरिएकाे थियाे। धेरै भद्र भलाद्मी ,महिला पुरुष बुद्धिजीवी विद्यार्थी लगाएतकाे उपस्थितिले हल भरिभराउ थियाे।

बिपिन बिस्तारै माईकमा गयाे र भन्न थाल्यो –“मेराे निम्तोलाई स्विकारेर आज याहाँ उपस्थिति हुने सबै पृयजनहरु ।आज म याहाँ हजुरहरुका सामुन्नेमा जुन रुपमा, उभिएको छु । जुन स्तर हजुरहरुले देखिरहनु भएकाे छ। याे सबै उपलब्धि हुनुकाे प्रमुख कारण काजीबाकै प्रेरणाबाट प्राप्त भएकाे हाे। आज म उहाँ प्रति नतमस्तक हुँदै ,याे प्रेरणा कसरी प्राप्त भयाे भन्नेकुरा अब काजीबाकै मुखबाट सुनिदिनु हुन अनुराेध गर्दछु।
काजीबा माईकमा आएर भन्न थाले –” हेर्नुस् उपस्थित सबै माहानुभावहरु ,। आज म जेकुरा भन्न जाँदै छु नि, याे कुरा जाेसुकैले भन्न चाँहादैन र भन्ने आटै गर्दैन। लाज र ग्लानीले रुनु पर्ने हाे ,तर म भन्दै छु।”
“एकदिन एस एल सी काे फारम भर्न रु एक सय पैसा न पुगेर याे बिपिन ,मसँग सापटी माग्न आएकाे थियाे। मैले उसलाई पैसादिनु त परै जाअोस उल्टै झपारेर भनेकाे थिएँ” — तँ नाथे पाजी एउटा मजदुरकाे छाेराे, तँलाई किन पढ्नु पर्ने? जा न बाबुकै पछिपछि बनिबुँदाे गर्न। तँसँग मेराे पैसा फर्काउने उपाएनै के छ र तँलाई दिनु। दिन्न जा।
बरर आँसु झार्दै फर्केकाे थियाे। दुईदिन पछि हल्ला सुने । बिपिन गाँउबाटै हरायाे भन्ने।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

12 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

12 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

3 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 days ago