रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
खोतलेर झोलामा
हेरेँ उषाको
हेर्दाखेरी देखियो
तामा टुसाको
मीठो हुन्छ भनेर
थाहा पाइछन्
बजार जाँदा उषाले
टुसा ल्याइछन्
आलु मिसाई आमाले
पकाउनु भो
परिपञ्च सबैलाई
भाग लाउनु भो
बाँसको तामा होइन तर
तामा जस्तो छ
सोध्नुभयो आमाले
खाँदा कस्तो छ ?
जब आयो टुसा यो
भान्छा कोठामा
यसको स्वाद झुन्डियो
मेरो ओठमा।
श्रोतःhttps://sahityapost.com
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
View Comments
Your article helped me a lot, is there any more related content? Thanks!