दिपाक बाला
सन्ध्या र अर्यनको भेट एकजना साथीको जन्मदिनमा भयो। सन्ध्या चञ्चल स्वभावकी थिई , अर्यन चाहिँ गम्भीर र शान्त। तर फरक स्वभावले नै उनीहरूलाई नजिक ल्यायो। हरेक दिन कुराकानी, हाँसो अनि मायाले भरिएको थियो। समय बित्दै गयो, अनि उनीहरूको सम्बन्ध गहिरिँदै गयो।
तर नियतिलाई यो माया मन परेन। अर्यनलाई स्कलरसिपमा विदेश जाने मौका मिल्यो। उसले सन्ध्यालाई वाचा गर्यो – “तिमी मेरो जीवनकी एक मात्र मानिस हौ, फर्केर आउँछु।” सन्ध्याले पनि आँखा रसाउँदै बिदाइ गरी।
दुई वर्ष बिते, सन्ध्याले हरेक दिन उसको सन्देशको प्रतीक्षा गरी। तर एकदिन खबर आयो – जहाज दुर्घटनामा अर्यनको मृत्यु भएको थियो। सन्ध्या भतभती पोलिन थाली। संसार उजाड लाग्न थाल्यो। अरूले सम्झाउने धेरै प्रयास गरे, तर उसले भने – “म तिमीलाई भुल्न सकिन अर्यन… तिमी मेरो सासजस्तै भयौ।”
सन्ध्या अझै पनि त्यो बेंचमा बस्छे, जहाँ उनीहरू पहिलो पटक बसेका थिए। आँखा भरिए पनि, मुस्कान सधैं रहन्छ – किनभने उसले अर्यनलाई हृदयमा बाँचिराखेकी छ।
साँचो माया कहिल्यै मर्छैन… त्यो आत्मामा बाँचिरहन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…