
ललिता ‘दोषी’
तिमी बस्छौ सहरमा
म त गाउँमा
पाइलैपिच्छे ठेस लाग्छ
मेरो पाउमा
लहै ठेस लाग्छ मेरो पाउमा…
वर्षा लाग्दा बाढी पाहिरो
डरमै बित्छ सारा रात
हिउँदमा हिउँको थुप्रो
खान पाउनौँ कहिले भात
लहै खान पाउनौँ कहिले भात…
स्कुलमा पाइला टेक्ने हो है
केही महिना
खुसीसँग हेर साथी
निदाएको छैन
लहै निदाएको छैन…
तिम्रोजस्तै मौका पाए
म नि पुग्थेँ माथि
बुझिदिए हाम्रो रहर
हुन्थ्यो कति जाति
लहै, हुन्थ्यो कति जाति…।





