Categories: कविता

“तिहार”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

माला फूलपातीका, पर्व तिहार,
काग कुकुर गाई, लक्ष्मी पियार।
सुगन्धी परिकार, मिष्ठान्ह हजार,
भाइ दिदी बहिनी, मायाँ अपार ।

आकाश सफा न, बादल कैलाे,
धाेएझैं छ धर्ति न, छ हिलाे मैलाे ।
देउसी रे भटियाे, यही घर पैलाे
भैलेनीले भन्दैछन्, उघार दैलाे ।

लिपपाेत राम्रा, घर स्याहार,
झिलिमिली बत्ती, घर बजार ।
घिन्ताङ मादल, गाउँ वारपार,
आहा रमाइलाे, तिहार संस्कार।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

17 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

18 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago