Categories: बाल कथा

“स्नेह”


राजन कार्की ( पाजु)
धरान १३ सुनसरी

” बाबा बाबा!, मलाई एक सय रूपैयाँ दिनुस् न!” प्रभात को कोठामा छिर्दै रिमाले‌ आग्रह गरी!
” किन चाहियो नानी ! तिमीलाई पैसा !”छोरीको कपाल‌ मुसार्दै प्रभात बोल्यो।
“जुनाको जस्तै गुडीया किन्ने बाबा !” रिमाले लाडिदै रहर बिसाई।
यतिकैमा ढोकामा उभिइरहेको छोरो रिभव भित्र पसेर प्रभातको काखमा बस्दै भन्यो ” बाबा! मलाई नि एकसय रुपैयाँ दिनुस्न!
“किन चाहियो तँलाई चैँ !” रिभव‌ तिर हेर्दै प्रभातले सोध्यो ।
” दिपेसको जस्तै पटाका पड्काउँने गन किन्ने बाबा ! उसले जवाफ दियो ।
प्रभातले गोजीवाट एक सयको नोट झिक्दै दुबै तर्फ नजर फेर्दै भन्यो,”लौ एकसय मात्र रैछ,अब कसलाई दिऊँ भन त?”
दुबै दिदीभाइ मुखा मुख गरे, कोठामा सन्नाटा छायो।
“बाबा ! हामी पाखुरा लडाउने , अनि जस्ले जित्छ उसको एक सय !”
रिभवले सन्नाटा चिर्दै सर्त पेस गर्यो। यसमा सबैजना सहमत भए।
टि टेवलको दुबै तिर दिदीभाइ बसेर कुहिनाले टेकेर एक अर्काको पाखुरा लडाउन लागे।
“दिदी यसै पनि भाइ भन्दा ठूली अवश्य दिदीले जित्ली !” प्रभात यस्तै सोच्दै खेल हेर्न लाग्यो।
तर दिदी हारी, भाइले जित्यो; र ,टेवलमा रहेको सयको नोट टिपेर बाहिरियो।
” आफु भन्दा सानो भाइलाई पनि जित्न सकिनस् ?” प्रभातले अचम्मित हुँदै छोरीलाई सोध्यो ।
” म मेरो भाइ कसैसँग पनि नहारोस भन्ने चाहन्छु बाबा!
छोरीको भाइप्रतिको यो स्नेह देखेर प्रभातको आँखा अनायसै रसायो । केहि क्षणपछि रिभव गुडिया हातमा लिएर भित्र पस्यो।
अचम्म मान्दै दिदीले सोधी -” हैन ,गन किन्ने भनेको हैन! गुडिया पो लिएर आइछस् त ?”
गुडिया दिदीको हातमा थमाउँदै रिभवले प्रभाव तिर हेर्दै जवाफ दियो -” यो तिहारको बेला दिदीको मन दुखाउनु हुन्न नी बाबा?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

16 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

17 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago