“तिहार”


गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

पाँचै दिन पाँचै थरी बोकीकन महिमा
तिहारको रमाइलोले बढाएर गरिमा
काग पनि पुजिने मीठो खान पाएर
कुकुर पनि फुरुङ्ग राम्रो माला लाएर ।

गाई गोरुलाई पूजा गर्ने कति राम्रो रीत
देउसे भैलो खेल्छन् जोडी मन चित्त
सेलरोटीको बास्ना चल्छ सबैतिर हरर
ठाउँठाउँमा चचहुइ गर्दै पिङमा सरर ।

चङ्गा उडाई आकाशमा पर्छन् खुब दङ्ग
धर्ती माता खुसी भई फेर्छिन् रुपरङ्ग
सयपत्री ,मखमली ,गोदावरी फूल
फुटाउँछन् लोभलाग्दो सौन्दर्यको मूल ।

दाजुभाइको निधारमा सप्तरङ्गी टीका
सम्बन्ध कहिले पनि नहोस् भन्दै फिक्का
दीर्घायुको कामना दिदीबहिनीले गर्छन्
यमराजको प्रवेश हुने दैलो तेलले घेर्छन् ।

कोसेली र उपहार पाएपछि रमाउँछन्
दिदीबहिनी नि खुसी भई दक्षिणा समाउँछन्
रातमा पनि झिलिमिली आहा! कति राम्रो
चाडपर्व सद्भावले मनाउनु छ हाम्रो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

19 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

19 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago