टीकाराम जाेशी
टीकापुर

“के छ हाल खबर वैज्ञानिककाे ? “रमेशले अन्तिम शब्दमा विशेष जाेड दिदै भन्याे।
पढाईमा अव्वल रमेशकाे व्यङ्ग्यलाई राजले नबुझेको हाेइन। उसले नसुने झैँ गर्याे।
राजलाई काममा व्यस्त देखेर भन्याे,”पक्कै उड्छ त ?”
“यसपटक मैले केही सुधार गरेकाे छु। पहिलेकाे भन्दा अहिले जाेडेकाे पाताकाे लम्बाई बढी छ ।” रमेशले भन्याे।
“लम्बाई बढाएर मात्रै त भएन । ब्याट्रीको शक्ति र ताैलकाे पनि ख्याल गर्नुपर्ला नि।” राजले शङ्का जाहेर गर्याे।
“ठिक्कको छड्के परेकाे पाता छ। बेगले घुम्दा पातामाथि र तलपट्टिकाे हावाकाे चापमा पर्ने अन्तरलाई नियन्त्रण गर्ने व्यवस्था पनि गरेकाे छु। अनि किन नउड्ला त ?” रमेशकाे स्वरमा दृढता थियो।
ऊ उडानकाे सिद्धान्तकाे प्रयाेग गरेर ड्राेन बनाउँदै थियो।
रमेशले राजकाे अनुहारमा अनाैठाे आत्मविश्वास देख्याे । उसले राजकाे अगाडि आफ्नाे कद सानाे भएकाे महसुस गर्याे।उसले मनमनै साेच्याे, “सिद्धान्तको ज्ञानले मात्र नभइ व्यवहारिक प्रयाेगले कद अग्लिने रहेछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

20 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

20 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago