Categories: कविता

“सेल राेटी”


पुण्यप्रसाद घिमिरे

धान कुटेर चामल,
चामल पिसी पिठाे
च्वाईँय तेल पाकेपछि,
सेलराेटी मिठाे।

सेलराेटी चाखम् भन्छ
भट्याउने ठिटाे
लाैन दिदी ताईमा,
पकाउ छिटाेछिटाे।

गाेला राेटी बनाउन,
घुमाई ताई छेक
एक राेटी कागलाई,
कुकुरलाई एक।

दुईराेटी गाेरूलाई,
बाबर गाईलाई
टिका लाई एक ठहर,
दिन भाइलाई।

सेताेसेताे गिलाे पिठाे,
ताईमा पस्दछ,
पाकेपछि अर्कै रङ्ग,
पूरै तेल घस्दछ।

ताता सेल खानदेऊ,
परिवारलाई,
नाङ्लाेमा सेल देऊ,
देउसी भैलेलाई।

सारथि बाल पत्रिका

View Comments

  • Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

20 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

21 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

21 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

2 days ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

2 days ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

3 days ago