रम्भा पौडेल
वाणस्थली काठमाडौं

“आज किन यति रातो सारी लगाको आमा ?”
छोरी मीराले प्रश्न गरिन।
आमाले भनिन, ‘ल हिड तिमी पनि। आज नारीहरूको लागि विशेष दिन हो नी। डाँडामा नाच्न जानुपर्छ। उनले भन्दै गइन। यो दिनमा राम्रा नयाँ पहिरनमा सजिएर नाँचगाँन गरिने भएकोले रातो सारी लगाको हो। हिजो हामीले कति घेरै थरिका परिकार बनाएर दिदी बहिनी जम्मा गरेर दर खाएको हो नी।’
“तिमीले देखिनौ र ?” आमाले प्रश्न गरिन।
“अँ हो त नि भन्दै” छोरीले उत्तर फर्काइन।
‘ल छिटो गर। त्यो अस्ति किनेका रातो फ्रक लगाएर आउ। हामी जाने। ऊ डाँडामा सबै जना जम्मा भइसके । रोंटे पिङ् पनि हालेका छन। लुठे पिङ् पनि छ । कोही नाचेर खेलेर मस्त हुन्छन त कोही सुख दुःखका गीत गाएर रमाउँछन, सक्ने जतिले प्रियजनको दीर्घायु र सुस्वास्थ्यको कामना सहित दिनभर उपवास ब्रत बस्छन ।’
दुबै जना डाँडामा पुगे।
‘सबै आमाहरु गहना र रातो सारिमा सिंगारिएका थिए। धेरैको टाउकोमा गोलो सूर्य जस्तो पहेलो गहना र टाउकोका पछाडि जुन जस्तो पहेलो गहना थियो। तिलहरी र रातो पहेलो पोतेमा सबै जना सजिएका थिए।’
छोरी मीराले आमाको हात समातेर मुखाकृति नियाल्दै सोधी । “आमा ! आमा ! यी गोला र घुमेका बस्तु के हुन ?”
“उ माथि आकाशमा सूर्य गोलो छ कि छैन ? अनि रातीमा चन्द्रमा यस्तै आकृतिमा देखिन्छ नी हो तिनैका प्रतिक हुन यी तीजमा पहिरिने गहना । सूर्य र चन्द्र । हाम्रो राष्ट्रिय झण्डामा पनि यस्तै आकृति छ नि।” आमाले प्रष्ट पारिन।छोरीले टाउको हल्लाएर बुझेको संकेत गरी।
“सूर्य र चन्द्रमालाई शिरमा लगाएर उज्यालो हुन्छ र आमा ? छोरीले फेरी जिज्ञासा थपी।
“हुन्छ नी । सूर्य चन्द्र उदाउँदासम्म नेपाल रहन्छ भन्ने भावले मेरो मन उज्यालो हुन्छ छोरी।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

36 minutes ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

51 minutes ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago