Categories: बाल कथा

यो गर्मी किन फरक देख्छु

उषा गुरुङ्ग

किन किन म हिजोआज यो गर्मीलाई फरक देख्छु। बाल्यकाल , युवाकालमा पनि यही सूर्य यही तातो घाम नै थियो। यहाँ प्रकृतिको फेरबदल भनेको मौसममा उताढचढाव मात्र हो।
उस बेला अहिलेको जस्तो कुनै सुविधा थिएन। न बिजुली नै थियो न कङ्क्रिटको घर। थियो त माटोको घर , टुकी लालटिन एउटा हाते पङ्खा बस्। स्कुल बिदाभएको दिन पिपलको रूखमुनि दिनभर बसेर नै बित्थ्यो । आनन्दले नै‌ बित्यो । तातो घाममा छाता नओडी ट्युसन पढन‌ गइन्थ्यो।
दिन त्यसरी‌ पनि बितेको थियो। हाँसखेलमा नै बितेको थियो। प्रत्येक जाडो गर्मी आफनै ढङ्गले बिते।
त्यही गरम आज यो बुढेसकालमा निकै गारो महशुस हुन थालेको छ । किन यस्तो भएको होला कुन्नी । बिना पङ्खा सास धान्न कठिन भएकोछ। अचम्म लाग्छ हिउँदका दिन लागे पनि गर्मीले नछाडने रहेछ। सूर्य कर्कट मा होस् वा मकरमा के हो बुझ्न गारो भो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 hour ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago