रम्भा पौडेल
“गोयलीका फेद मुनि ,नदी आइ सलसल बगिआयो
आमा मेरी मुगलान पारी ,सम्झि है यो मन रुनै आयो।”
छात्राहरु कक्षामा यो गीत गाएर झमझम नाच्दै थिए । कक्षालाई बेलुनले सजाएका थिए । चाडपर्व लवाई –खवाई, रहन–सहन सबै हाम्रा संस्कृति हुन् । यिनको शिक्षा दिनु बिद्यालयको काम भएरै होला सबै कक्षाहरुमा ताली बजिरहेका थिए।
संस्कृति पुस्ताहरुमा हस्तान्तरणका नगरी कसरी जोगिन्छ र ? त्यसैले आजभोलि सबै तिर गीत बजिरहेकै छन । रातो सारीमा महिलाहरु सजिएकै छन । स्कुलमा पनि मिस र छात्रा सबै रातो सारी र रातो कुर्ता–सुरवालमा सजिएका थिए । कक्षा दशमा रौनक चलिरहेकै थियो।
मुनाले बेन्चमा टाउको घोप्टो पारेर घुक्कघुक्क गर्दै रोएको आवाजले सबै छात्राहरुको ध्यान उतै मोडियो । सबैले चिच्याउदै सोधे, “मिस मुनालाई के भयो ?”
सविताले भनिन् “यो मुना त कस्ती पिन्चे छ । आज त रमाइलो गर्ने दिन हो नी ? तीज भएर पो आज कक्षामा रमाइलो गर्न थालेको । यो आमा दिदी बहिनीहरुको चाड हो । सुनिनस र मिसले यो चाडको बारेमा बताएको ? यो त हाम्रै पिर मर्का पोख्ने दिन हो ।” सबैले सम्झाए पछि मुनाले आँसु पुछिन् ।
सविताले मिससँग प्रश्न गरिन्– “मिस यो गोयली र मुगलान भनेको के हो ?”
मिसले “स्यावास सविता” भन्दै यसको अर्थ बताउदै भन्न्ुा भयो– “गोयली भनेको पहेलो फुल्ने एक प्रकारको फूल र मुगलान भनेको आफनो देश भन्दा बाहिर भनेको हो ।”
सविताले ए भन्दै मुन्टो हल्लाएन र भन्देै गइन्, “बुझिस मुना तीज त महिलाले बोल्न, गाउँन, हाँस्न पाएको दिन हो ? पहिले आमाहरुलाई हामीलाईजस्तो स्कुल आउने र पढन पाउनेअवस्था काहाँ थियो र ?आफनो पिर र ब्यथा यही गीतबाट भएपनि पोख्नुहुन्थयो रे ? आहिले पो आमाहरु बिदेशमा पुगेका छन् ? मुनाले आफनो आमा संम्झेर रोएको हो । मुनाको आमा जापानमा हुनुहुन्छ नि । तीजमा सबैका घरमा मीठा परिकार पाक्छन् । मुनाको घरमा मुना र भाइ मात्र छन् मीस ।”
“ए तेसो पो ! आउ मुना ! तिम्री आमा पैसा कमाएर आउनु हुन्छ । म पनि तिम्री आमाजस्तै त हुँ नि ! चिन्ता नगर । मिसले मुनालाई अँगालोमा राख्नुभयो । कक्षामा भने तीजको रौनक चलिरहयो ।
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…
View Comments
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/register?ref=IXBIAFVY