Categories: बाल कथा

डुम एक : रमाइलो बाल खेल


युगल बसेल
सन्धिखर्क -१ (हाल चन्द्रागिरी ११)

यस खेलमा डुम शब्दले कुनै जाति विशेषलाई नबुझाएर खेल अवधिभरमा अरूलाई पनि छोएर डुम बनाउने खेलाडी विशेषलाई बुझाउँछ । यो खेल खेल्दा रमाइलो त हुन्छ नै सँगसँगै भागाभाग र दौडादौडले गर्दा शारीरिक कसरत वा व्यायाम पनि हुन्छ ।
खेल खेल्नुअघि खेलमैदान , चौर वा पाखोको छनौट गरिन्छ र आपसी सहमतिअनुसार खेल क्षेत्रको चार किल्ला तोकिन्छ । यसपछि बल्ल खेललाई अघि बढाउन सकिन्छ । खेलमैदान र खेल क्षेत्रको चयन गरेपछि खेलाडीको चयन गर्नुपर्छ ।
खेलाडीको चयन गर्दा भरसक एकै उमेर र एकै खालको कदकfठी भएका खेलाडीको समूह बनाउनु उपयुक्त हुन्छ। साथसाथै खेलाडीको फुर्ती पनि एकैनासको भएमा राम्रो हुन्छ । कुनै फुर्तिला र कुनै लोसे खेलाडी भए भने खेलमा सन्तुलन वा तालमेल कायम राख्न असजिलो हुन्छ ।
खेलाडी सङ्ख्याको बारेमा कुनै कठोर सीमा तोकिएको छैन । उपलब्धता र इच्छाअनुसार ५ देखि १० जनासम्मको खेलाडी टोली बनाउन सकिन्छ । विद्यालयमा हुँदा विद्यालयभित्रका र टोलमा हुँदा टोलभित्रका केटाकेटी मिलेर खेलाडी समूह बनाउन सक्छन् ।
खेलाडीको छनौट भएपछि सबै खेलाडी एउटा गोलो घेरामा उभिन्छन् र खेलाडीमध्येकै एकजनालाई आपसी सहमतिबाट डुम छनोट गर्नको लागि चयन गरिन्छ । त्यस चयनकर्ताले पनि आफूखुसी नभई अरू खेलाडीपट्टि चोरी औँलाले औँल्याउँदै निम्न गीति पंक्ति भट्याउँछ :- ओरो डोरो काँसी कोरो बन बस्ने भँगेराको कान्छो छोरो इति मिति , दुधे झार डा मने डुम।
चयनकर्ताले चोरी औंलाले खेलाडीलाई औँल्याउन सुरु गर्दा जुनसुकै खेलाडीबाट औल्याएर भट्याउन सुरु गर्न सक्छ । भट्याउँदै जाँदा जुन खेलाडीलाई औल्याउँदा अन्तिम शब्द डुम उच्चारित हुन्छ , त्यही खेलाडी डुमको रूपमा छनौट हुन्छ।
एकजना खेलाडी डुम छनोट भएपछि बाँकी खेलाडीहरू उसले छुन नसकोस् भनेर जोगिँदै तोकिएको सीमाभित्र भागाभाग गर्छन् , दुगुर्छन् । तोकिएको चार किल्लाको सिमा साँधभन्दा बाहिर गयो भने पनि खेलाडी डुम बन्न पुग्छ।
डुमबाट अलि टाढा भएका खेलाडीले डुमलाई जिस्काउँदै “लौ मलाई छुन आइज , डामने डुम” भन्दै चुनौती दिने गर्छन् । डुम बनेको खेलाडीले छोएपछि त्यो छोइएको खेलाडी पनि डुम बन्न पुग्छ । त्यसरी डुम बनेको खेलाडीले आफ्नो सहयोगी बनाउनको लागि जोडबलका साथ दगुरेर अरु खेलाडीलाई लखेट्दै छुने कोशिस गर्छ । भागाभाग र दौडादौड गर्दागर्दै कुनै खेलाडी डुमबाट छोइन पुग्छ र अर्को सामान्य खेलाडी पनि डुम बन्छ । त्यसपछि दुईजना मिलेर बाँकीलाई डुम बनाउनका निम्ति छुने कोसिसमा लाग्छन् । क्रमैसँग एकपछि अर्को खेलाडी डुम बन्दै गएपछि खेलको रमाइलो पराबाट अन्त्य हुन्छ । खेलाडीहरूको समूहको फुर्सद र इच्छाअनुसार चाहेजति पटक दोहोर्‍याएर यो खेल खेल्न सक्छन् । यस्ता खेल खेलाउने र खेल्ने गरेमा बालबालिकाहरूमा सामूहिक भावनाको विकास हुनुको साथै साझा उद्देश्य प्राप्तिका लागि क्रियाशील हुने बानीको विकास उनीहरूमा हुन्छ । लोप हुन लागेका यस्ता परम्परागत खेलहरूको अस्तित्व जोगाउनका लागि पनि यो र योजस्ता अन्य खेलहरू खेल्न र खेलाउन जरुरी देखिन्छ।

सारथि बाल पत्रिका

View Comments

  • I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

12 hours ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

13 hours ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

13 hours ago

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

3 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

3 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

3 days ago