दुर्गा पौडेल
शंकरनगर

विकाश – हैन , आज के भाे तिमीलाई, किन टाेलाएर बसेकी ? कि तीज आयाे भनेर आमा सम्झेर बसेकी हाै ?
नीसा- के तीज आयाे भनेर टाेलाएर बस्छन् र ? अनि आमाकाे संझना तीजमा मात्र हाेर , सधैँ त आईरहन्छ नि ।
विकाश-अनि किन टाेलाएर चुपचाप बसेकी त ? दाइ भाइले बाेलाए दरखाने दिन माईतगए भाे नि । मेरा पनि त बाआमा छैनन् केरे । म त टाेलाएकाे छैन।
नीसा –जानैपर्छ भन्ने त छैन । तर चाडपर्व ,विशेषगरी तीजमा माईती र आमाकाे याद आउँदाे रहेछ के । आमा हुँदाकाे तीजकाे रमाईलाे अर्कै हुन्थ्याे । तीज आयाे भनेपछि कृष्णजन्मष्टमी देखि घर छरछिमेककाे माहाेल नै अर्कै हुन्थ्याे । हरेकदिन साँझ साँझमा पालैसंग एउटा एउटाकाे घरमा जम्मा भएर आफैले जुराएका नयाँ पुराना गीतहरु गाउँदै थपडी र,मादल बजाएर नाँच्दा कम्ता रमाईलाे हुन्थेन । खरखाने दिन पनि घर गएकादिदी बैनी फुपुचेली जम्मा भएर वल्तिर पल्तिर तल माथिका आमाहरुकहाँ पालैसंग दरखाईन्थ्याे । नाच्ने गाउँने काम विहानदेखि राती अबेलासम्म चल्थ्याे । तीजकाे दिन व्रत बस्थे । व्रत बसेपनि दिउँसाेतिर गाउँकाे चाैपारी,स्कूलका चउरहरुमा जम्मा भएर ग्रुप ग्रुप बनाएर नाँच्ने गाउँने साँझसम्म चल्थ्याे । नाँच हेर्न लाेग्ने मान्छे पनि आउँथे । पिङ् खेलाउँथे । घर आएपछि पनि काम सकेर एउटा घरमा जम्मा भई साँझ गाउँने नाँच्ने हुन्थ्याे । यस्तै चल्थ्याे पञ्चमीसम्म । पञ्चमीपछि माइत आएका फुपुचेली घरघर जान्थे । तीज सकिन्थ्याे । अब त त्याे तीज सम्झनामा मात्र भयाे । तीज आउँदा त्यही सम्झेर टाेलाएकाे नि।
विकाश — मेरा पनि दिदी बैनी छन् ,माईती म मात्र हाे ,उनीहरुले पनि तीजमा दाइलिन आउँछन् कि भनेर आशगरेका हाेलान् । आमा बा,दाइ भाइ जे भने पनि हामी मात्र हाै। बाेलाउनु त पर्ला नि । तिमी अहिलेदेखि टाेलाएकीछाै । नीसा — तपाइँका बैनीहरुलाई नाग पञ्चमीबाटै दिनहुँकाे तीज लागेकाेछ । के आउँलान् र ? कहिले सम्पर्क समाज,कहिले,आमा समूह ,कहिले स्वयंसेविका समूह, कैले टाेल विकाश,कहिले के मञ्च ,कहिले के समूह,एकदिन खालीछैन । साडी फेरेकाछन् दाैडेकाछन् । उनीहरुलाई दरखाने दिनकाे के नै अर्थ भयाे र ? एउटी बुढी दिदी हुनुहुन्छ विचरा कतै नजाने ,हाेटलमा नखाने । उहाँका छाेरी पनि छैनन् । बुढाे भएपनि तीजमा माईतीकाे आश लाग्छ । उहाँलाई त बाेलाउन जानुपर्छ बरु म माईत नजाम्ला।
विमल: एकजनालाई बाेलाउँने अरुलाई नबाेलाउने पनि त गर्न भएन नि।
नीसा —उनीहरुकाे भन्दा काे के कम भन्दै गहना र लुगा देखाउन, हाेटल र,पार्टी प्यालेस दाैडेका हुन्छन्। मासु,पुलाउ,वियर खाने ,क्यासेटका गीतमा नाँच्ने गर्छन् । दिदीलाई त्यस्ताे मन पर्दैन । भन्नुहुन्छ ” याे हाम्रा पुर्खाले नगरेकाे चलन कसले चलाए चलाए, तीनमहिना अघिबाट तीजकाे दर रे ,तिनका बाजे खान नपाएकाे जस्ताे । याे चलन त मलाई पटक्कै मन पर्दैन ।”
जानु न त दिदीलाई लिन । दर खाने दिन दिदी आउनुहुन्छ भईहाल्याे।
विमल – लिन नगएपनि फाेन त गर्नुपर्लानी अरु बैनीलाई आउ भनेर ?
नीसा – ल ल फाेन गर्नुहाेला ,आउने नआउने उनीहरुकाे कुरा । हाेटलमा जस्ताे हाम्राे घरमा हुँन्न क्यारे । यी समूहले पनि बरु मंसिर पुस माघमा बटुलेर पिकनिक गराउनु नि । त्यहीबेला जमघट भेटघाट, भलाकुसारी चिनजान जे गरेपनि त्यहीं हुँन्थ्याे । यही तीजकाे बेला कुर्नु पर्छ र ? बिकृती मात्र।
ए ! दाइ आउनुभयाे , ढाेगें दाइ बस्नुस् । भन्दै नीसाले दाइसँग भलाकुसारीगर्न थालिन । दरखाने दिनभन्दा दुईदिन अगाडि नीसाका दाइ लिन आएका थिए । दाइसँग सन्चाे विसन्चाे साेधपुछ चल्याे,चियापानी चल्याे । निसाका दाइले भाउजुलाई सन्चाे नभएकाे कुरा सुनाए।
भाउजु बिरामी भएकाे बेला किनलिन आउनुभएकाे हाेला दाइ ? फाेन गरेकाे भए भईहाल्थ्याे नि दुख पाउनु भयाे । मेराे पनि नन्द अमाजु आउनुहुन्छ । म जान पाउँदिन । उनीहरुका पनि आमा बा दाइ भाउजू सबै हामी नै हाै । तीजकाे साटाे अरुदिन आउँछु दाइ । यहाँ बुढा पनि एक्लै हुनुहुन्छ । अहिलेलाई यस्तै भयाे।
दाइले भने, “लाै तिमी जे भन्छ्याै । म त लिन आएकाे हुँ ।”
नीसाले भनिन् ,”भाे दाइ म पछि आउँला अहिले भाउँजु सन्चाे नभएकाे बेला हजुर जानुस् ।” दाजु घरजान हिंडे । नीसाले दाजु गएकाे हेिररहिन्।
केह बेरपछि नीसाले विमललाई साेधिन् ,”फाेनगर्नुभयाे त बहिनीहरुलाई ?”
विमललेभने, “दुबै बैनीलाई फाेन गरें ,एउटीले भनिन् , ” म त पखाला लागेर लखतरान भएकीछु दाइ ,आउन सक्दिन याे पटक । अर्कीले पनि पेट फुलिएर ढयाउ ढयाउ आएकाेछ, एक पटक वान्ता पनि भयाे । म त यसपालि आईन दाइ फेरि कुनैदिन आउँला ,हजुर त सन्चै हुनुहुन्छ ? मैले भने म ठिक छु । तीज हाे आउन सके आउ ,दरखानेदिनसम्म । बाेलाएन दाइले नभन्नु नि । अनि मैले पनि भन्दिए, ठिक्क भएछ बल्ल अति गरे खति हुन्छ , पेटले पनि कति धानाेस् र ? दुईमहिना पहिलेदिख दर भनेकाेछ दाैडेकाेछ ,दिनहुँकाे दर बल्ल ठिक भयाे । त्यसाे नभन्नुस् दाइ,यहाँ आफुलाई कस्ताे भएकाे छ ?अब डक्टरलाई पैसा चढाउन जाउ । यस्ताे भएपछि बसिरहन भएन क्यारे । ओखती गर्नु परेन ? गईहाल ओखतीगर्न।
अनि दिदी आउनुभयाे त ?
आजलिन जाँदैछु दिदीलाई । तिमीहरुजस्ताे हैन केरे दिदी । दिदी आउँदा त आमासँग बसेजस्ताेहुन्छ हाम्लाई त । दिदी आएपछि तीज रमाईलाे भईहाल्याे । ल मैले राखेँ आउने भए आए । स्वास्थ्यकाे ख्याल राखे ।

सारथि बाल पत्रिका

View Comments

  • Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

13 hours ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

13 hours ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

13 hours ago

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

3 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

3 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

3 days ago