Categories: बाल कथा

“तीज”


कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा

रातिको ९ बज्नै लाग्दा फोन आयो “हेल्लो बुवा के गर्दै हुनुहुन्छ ? खाना खानु भयो? बाबु नानीले पनि खाना खाए?”
“तिमी यस बेला सम्म कहाँ छौ निर्मला ? यहाँ बाबु नानीले मम्मी नआई खाना नखाने भनेर बसेका छन्” ससुरा बुवा बोले “म यहाँ कार्यक्रम मै छु बुवा,अझै केही क्षण लाग्छ, नातिलाई फोन दिनु होस त बुवा” निर्मलाको आवाज आयो। “लौ बाबु मम्मी सँग बोल” भन्दै फोन नातिलाई दिए,”मम्मी, घर आउनु न ,ड्याडीको दुई पटक फोन आई सक्यो, हजुरको फोन उठेन रे,” नातिले मम्मीलाई भन्यो।
“तिमीहरू खाना नखाई किन बसेका? तुरुन्तै खाना खाई हाल,मलाई अलि ढिलो हुन्छ” निर्मला बोलिन।” तिमी के भन्दै छौ निर्मला ? तिमी आएर खाने भनेर हामी पनि नखाई बसेका छौं,चाँडै गरेर आउ ” ससुरा बुवा बोले ” छोराको फोन दुई पटक आई सक्यो, निर्मला खोइ भनेर सोधी राखेको छ,हामीले उसलाई के भनेर जवाफ दिने? ससुरा बुवाले भने।
“खबरदार मेरो कुनै कुरा भन्नु भयो भने, मलाई चिन्नु भएकै छ म कस्तो छु भनेर,मलाई केही कुरा सुन्नु पर्यो भने ठिक हुने छैन,मैले तपाईंहरूलाई जानेको छु बुझ्नु भयो?निर्मला तातेर बोलिन।
“के भन्यौ? तिमी हाम्रो घरको बुहारी हौ, हामी सासु ससुरा हौँ, तिमीले हामीलाई धम्क्याउने ? बिहानै गएकी मान्छे रात बिरात सम्म रमाइलो गर्दै, नाच्दै डुलिरहने अझै हामीलाई थर्काउने? तिमीलाई लाज लाग्दैन, हामी त परै जाओस् ,साना छाेरा छाेरीलाई सम्म व्यवास्ता गर्दै डुल्ने ? मम्मी भन्दै रोएका छन्, अब छोराको फोन आयो भने सबै कुरा बताई दिन्छु,तीज आउनु भन्दा १५ दिन अघि देखि यस्तै चाला छ, सर्म मान्नु पर्ने “ससुरा बुवा पनि झन रिसाए।
“निर्मला ,अब धेरै रात हुन आँट्यो ,बाबु नानी हामीहरू तिमीलाई कुर्दै नखाई बसेका छौं, छिट्टो कार्यक्रम सकेर घर आउनु पर्यो,हाम्रो आफ्नो संस्कार संस्कृति मान्नु पर्छ तर राति अबेला सम्म , छाेरी बुहारी मान्छे बाहिर डुलेको कसैले जाती मान्दैनन्,हामी त न बोलौंला,टोल छिमेकीहरुले छाेरालाई बताई दिन्छन्,आफैँ बुझ्ने छौ, छिटो गरेर आउ” सासु आमाले ससुराको हात बाट फोन लिंदै भनिन्।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

9 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

10 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago