Categories: बाल कथा

तीजको दर खाने दिन


हेमराज अधिकारी

आज दर खाने दिन।
तीज आउनुभन्दा अघिल्लो रातैदेखि घर–आँगनमा एक अनौठो उत्साह छाउँथ्यो। हजुरबा र आमैको उपस्थितिमा त्यो दर खाने वातावरण कस्तो अलौकिक लाग्थ्यो!
घरभरि धूप–धुवाँको सुवास, चुल्होमा पकाउँदै गरेका मीठा परिकारको गन्ध, र नजिक–टाढाका दिदी–बहिनी, फुपूहरू भीर–पाखा हिँड्दै आउँदा घरै गजबको मेहमानखानाजस्तो देखिन्थ्यो।
टाढा गाउँबाट दाजुभाइ–दिदीबहिनी लिन–पुर्याउन जाने परम्परा त्यो बेलाको सबैभन्दा रमाइलो पक्ष थियो। बरसातको मौसम, हिलोले चिप्लो बाटो, छाता खोलेर वा खुकुलो लुगामा दौडिंदै पुग्दा सारा थकाइ नाचगान, ठट्टा–मजाक र मायाले हराउँथ्यो।


उत्तिबेलाको उत्साह र उन्माद जसलाई शब्दमा बाँध्न खोज्दा पनि स्मृतिको झरीमा भिजेर आँखा रसाउँछन्। आजकल त खै! तल्लो घर–माथ्लो घर आउजाउ हरायो।
सबैका झ्याल–ढोका बन्द छन्। सबै सम्पन्न छन्। गाउँका गल्ली–गोरेटाहरू हराए। कसैले कसैलाई ऎंचो–पैंचो माग्न छाड्यो।
कित्लीमा चिया पाक्ने परम्पराको लगभग अन्त्य भयो।आँगन मासियो। पिरा, गजरा, गुन्द्री, मुढा, राढी मासिए।
मान्छे स्वचालित मेसिनझैं भएजस्तो लाग्न थाल्यो।
आमैले अघिल्लो दिनदेखि चुलोमै सिमी, घिरौंला, करेला, निगुरो काट्ने गरेको खै अब कहाँ देखिएला! सबै देखावटी मात्रै रह्यो।
मानव सभ्यता कहाँ पुग्ला! सम्पूर्ण आमा, चेली, दिदी–बहिनीहरूलाई यो परम्परागत दर खाने दिनको अनेकौं शुभेच्छासहित शुभकामना व्यक्त गर्दछु।
आज आधुनिकता र व्यस्तताले स्वरूप फेरिसकेको छ, तर त्यो आत्मीयता, त्यो सादगी, त्यो मायाले गाँसिएको खुसी भने सदैव कालजयी छ। तीज केवल नाचगान वा पूजा मात्र होइन, यो हाम्रा पूर्वजहरूले दिएको माया बाँड्ने संस्कार हो, जहाँ पेटभन्दा बढी मन तृप्त हुन्थ्यो। तीजको दर खाने दिनले हाम्रो परिवार, संस्कार र पहिचानलाई अझै मजबुत बनाइरहोस्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

11 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

11 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago