मणि भट्टराई
सन्तानको सुखका लागि
हाँसी हाँसी
सर्वस्व गुमाउन
सामर्थ्य राख्न सक्ने
आँफु अंध्यारोमा रहेर पनि
सन्तानलाई उज्यालो भविष्य देखाउन सक्ने
सँधै दिई मात्र रहने
जस्तै दुःख पर्दा पनि
कहिल्यैँ ऐय्या भन्न नसक्ने
प्यारो
बा!
जीवन यात्रामा
धैर्य साहस जगाउने
आँफु पछि रहेर
सन्तान अघिलगाउने
भय त्रास मनबाट
क्षण भरमै भगाउने
ऐय्या भन्न नपाउँदै
दौडेर छातीमा लगाउने
प्यारो
बा
हुँदैन कोही
बलियो सहारा
तिमी समान यो धर्तीमा
सदा सर्वदा
श्रद्धा भक्ति पूर्वक
रहिरहन्छ त्यो मुहार
यो छातीमा!
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…