Categories: कविता

“तीज”

अनन्तकुमार बस्नेत

गयो भाद्रको मास आयो असोज
शरद् याम छर्दैछ सौन्दर्य रोज
हटी मेघ जालो खुले शैलमाला
झुले खेतमा टारमा धान बाला ।१।

घुमी नित्य आनन्दका चाड आए
युवा यौवना वृद्ध सारा रमाए
>मिली कृष्ण जन्माष्टमी पर्व मान्यौँ
छ यो द्वारमा तीजको पर्व जान्यौँ ।२।

यहाँ बस्दछन् हर्ष मानेर आमा<
लगाई नयाँ वस्त्र सारी र जामा
फुले फूल गोदावरी साथ बेली
बसे गीत गाएर सम्पूर्ण चेली ।३।

लगाएर बाली सबै फुर्सदी छन्
यहाँ थुप्रियो लोकमा भव्यता झन्
प्रभा कान्ति टल्किन्छ टारीहरूमा
नयाँ रङ्ग झल्किन्छ नारीहरूमा ।४।

लगाई सफा वस्त्र चोली र सारी
धरा-धाम देखिन्छझैँ फूलबारी
छ उल्लासको पर्व आनन्द भर्ने
र गाना बजाना मिठो चित्त हर्ने ।५।

बसे चित्तमा शम्भु सम्झेर आज
अनेकौं पीडा दर्द बिर्सेर आज
यही तीजको भव्यतामा रमाई
यही तीजको दिन्छु लाखौं बधाई ।६।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

22 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

23 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

23 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago