Categories: बाल कथा

दिदी रुनुभयो

चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १

‘एक्लै आइस भाइ ?’ ‘होइन दिदी भन्ज्याङसम्म साने थियो । कान्छी दिदीलाई लिन आएको ।’ ‘अनि के खायौ त बाटामा ?’ ‘के खानु दिदी आमाले चिउरा र शख्खर झोलामा हालिदिनु भएको थियो ।’ ‘अनि आमा बुवा सञ्चै हुनुहुन्छ त ?’ ‘अँ ठीकै छ ।’
‘तीजमा दिदी लिन आएका हौला हेर कान्छा दुःख पायौ । आमा बिरामी हुनुहुन्छ । घरमा चुलो जोरीदिने मान्छे पनि कोही छैन । बुवाको झन् विजोग छ । भित्र बाहिर गर्न सम्म कक्नुहुन्न । खेतमा घान गोडेर सकिएको छैन । हाम्रो त विजोग पो छ हौ । मैले माथ्ला घरे जेठोलाई खबर पठाएको थिएँ अझै पुगेको छैन त्यो ?’ भिनाजुले घरायसी अवस्थाको चित्रण गर्नुभयो ।


‘ससुराली बस्यो होला नि त ऊ पनि ।’ दिदीले प्रस्टयाउनुभयो ।
मैले बुवा आमालाई ढोग गरेँ । उहाँहरुले सम्धी सम्धिनाको हाल खबर सोध्नुभयो । ‘हेर कान्छा ! हाम्रा छोरी भएनन् तर बुहारीलाई पनि छोरीभन्दा बढता माया गरेर राखेका छौँ । चाडबाडमा आफ्नो घर जान लैजान त सबैलाई मन लाग्छ तर अहिले अवस्था प्रतिकुल भयो । पछि पठाउँला है अहिले दुःख पाएछौ ।’
‘हो भाइ मलाई केही कुराको अभाव छैन छोरीभन्दा बढता मायाँ पनि पाएको छु तर पनि तीजमा किन हो माइतै जान मन लाग्दो रहेछ । सायद यो हाम्रो परम्परा भएर होला । दुःख नमान हामी दसैँमा आउँला । तँ भोलि चारै बजे फर्किनु अनि घाम छँदै पुग्छस ।’
हिंड्ने बेलामा किन हो दिदी डाको छोडेर रुनुभयो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

21 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

22 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

22 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago