रञ्जुश्री पराजुली
अमेरिका
हाजुरबादेखि नाति सम्म तेस्रो पुस्ता हुन्छ
यिनका बीच माया पनि अति धेरै हुन्छ
कुरा गर्दै रमाउँदै यिनी सङ्गै खेल्छन्
कहिले खेल्छन् उखानटुक्का
कहिले गाउँखानेकथा
संम्झी स्कुल पाठ झट्ट पढ्न थाली हाल्छन्
नाति नातिनी दुबै प्यारा बाजे बोजुका
आँखाका नानी समान अमुल्य र महान
त्यसैले तिनी भन्छ्न् केटाकेटी घरकागहना
भित्र बाहिर शून्य तिनी नभएमा
कहिले गर्छन् हल्लाखल्ला कहिले मौन शान्त
गृहकार्य गर्ने बेला सौम्य र शान्त
केटाकेटी चन्चले घुम्न जाउँ भन्छन्
बजारमा घुन्दा खेरी तिनका मन रमाउँछ
मिठाई चकलेट खाने तिनको ईच्छा हुन्छ
हजुरबा कुरो बुझी मिठाई किनिदिन्छन्
सबैलाई पुग्ने गरी घरमा ल्याई दिन्छन्
सुत्ने बेला तिनलाई कथा सुन्नु पर्छ
रमाईला कथा सुने निन्द्रा परिहाल्छ
हजुरआमासङै बसि राम्रा कथा भन्छिन्
कथा सुन्दै नानीबाबु मस्त निदाई हाल्छन्।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…