Categories: कविता

“रातका ति सपनाहरु”

दुर्गा पौड्याल
शंकरनगर

नमन छ ति अनेक रातहरुलाई
जसले दिनहुँ मेरा निम्ति
अनेकथरि सपनाहरु लिएर आउँछन्
सपनाभरि कहिले खुशी बनाई दिन्छन्
कहिले दुखी बनाई रुवाई दिन्छन्
अनेक पटक आइरहन्छन् गईरहन्छन्।

सलाम छ ति अनेक सपनाहरुलाई
जसले कहिले बादल भित्र भित्रै पुराइदिन्छन्
कहिले चन्द्रमाको सैर गराई दिन्छन्
कहिले आकाशका तारा भेटाईदिन्छन्
कहिले जमिनका पाखा पखेरा ,नदी ताल
अनि वनजंगल पहरा छहरा हिमाल डुलाईदिन्छन्।

सलाम गर्छु ति रातहरुलाई
सपनामै कहिले बिरोधीहरुसंग भिडाइदिन्छन्
कहिले मित्रहरुसंग मिलाई दिन्छन्
मित्र मिलनको खुशीमा हँसाई दिन्छन्
कहिले आफ्नैसंग पनि बिछोड गराई दिन्छन्
बिछोडको पीडामा सपना मै रुवाई दिन्छन्।

धन्य हुन् दिनहुँ आउने सपनाहरु ति
विपनामा पुरा गर्न नपाएका अनि
मनमा गडेर रहेका इच्छा आकांक्षा
पुग्न नपाएका गाउँ ठाउँ र रहरहरु
भेट्न नपाएका आफन्त र साथीसंगी
सपनामै भएपनि पुरा गरिदिन्छन्
अनि मनलाई आनन्दित पारिदिन्छन्
धन्य हुन् हरेक दिन आउने ति सपनाहरु।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

18 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

18 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

19 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago