निमा गुरूआमा ५ कक्षामा गणित बिषय पढाउँदै हुनुहुन्थ्यो। वहाँले विद्यार्थीलाई एक र पाँच औंलामा कुनको बढी तौल हुन्छ भनी प्रश्न गर्नुभयो। सबैले पाँच भनी उत्तर दिए तर उपमाले एक भनी उत्तर दिइन।गुरूआमालाई सबैले प्रश्न नबुझे झैं लाग्यो, उहाँले फेरि बुझाउँदै -गुरूआमा-“नानी हो एकातिर पाँच वटा सुन्तला अर्कोतिर एकवटा कुन गह्रौँ हुन्छ ?”
उपमा:-“एक म्याम”
गुरूआमा:(आश्चर्य चकित भएर)”कसरी उपमा?”
उपमा:-“गुरूआमा! मेरो हजुरआमाका ५ जना छोरा । हजुरबुबा बच्चा सानैहुँदा बित्नु भा रे! सबै छोराहरूलाई एक्लै हेर्नु भाथ्यो रे हाम्री हजुरआमाले। अहिले हजुरआमा बुढी हुनुभाछ। हजुरआमालाई सबैले दुई -दुई महिना पाल्ने भनेर वहाँ कै छोराहरूले भाग लगाउनुभएको छ। अनि पाँच भन्दा एकको तौल बढी भएन त गुरूआमा ?”उपमाका आँखाबाट अनायसै आँसु तप्किन्छन्।
उपमाका कुरामा दम देखेर होला गुरूआमा पछाडि फर्केर आँसु पुछ्नुहुन्छ। वहाँलाई एक भन्दा पाँच बढी बताउन पनि निकै कठिन महशुस भएको छ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…