शान्ति सिग्देल
लगाएर सारी चिटिक्कै परेकी
सयौँ फूललेझैँ छ शोभा छरेकी
प्रभा चाँदनी वा खुलेझैँ बिहानी
तिमी भित्र छन् लाख राम्रा कहानी।
हँसाएर बोल्ने सुधा प्रेम घोल्ने
बडो दिव्य बानी कलाकुञ्ज खोल्ने
तिमी स्वर्गकी अप्सरातुल्य नानी
तिमी भित्र छन् लाख राम्रा कहानी।
सुशिक्षा लिएकी तिमी सौम्य नारी
त्यसैले बनेकी सबैकी पियारी
तिमी प्रेम पाला उज्याली घरानी
तिमी भित्र छन् लाख राम्रा कहानी।
भए बिघ्न बाधा हटाएर आऊ
प्रिया यो मनैमा अटाएर आऊ
रमाई बसौँला हितैषी परानी
तिमी भित्र छन् लाख राम्रा कहानी।
छ हावा चलेको र पानी बहेको
नदीझैँ छ तिम्रो जवानी बहेको
झझल्को छ तिम्रै दिवा रात सानी
तिमी भित्र छन् लाख राम्रा कहानी।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…