Categories: बाल कथा

“दण्ड”

रमेशचन्द्र घिमिरे

`सर, लिनुस् हजुरको भाग´ क्लास मनिटरले कक्षाभित्र छिर्नासाथ गुरुलाई एउटा चोकोपाई टक्र्यायो । गुरुले धन्यवाद दिँदै क्वाप्प खाए अनि मुख पुछ्दै र हात टक्टक्याउँदै सोेधे, `के तिम्रो आज जन्मदिन हो ।´
`होइन सर, फाइनको पैसाले कुचो र डस्टबिन किन्दा पैसा उब्रिएको थियो । त्यही पैसाको हो सर !´
`ए, ल राम्रो गरेछौ । बरु फाइन चाहिँ केको उठाएका थियौ ?´ गुरुले जान्न चाहे ।
`साथीहरूले इङ्लिस बोल्नुको सट्टा झुक्किएर कहिलेकाहीँ नेपाली बोलिहाल्छन् । एकचोटि नेपाली बोलेको पाँच रुपियाँ फाइन लिने नियम छ, सर ! …´ विद्यार्थी थप बोल्न खोज्दै थियो अङ्ग्रेजी माध्यमको विद्यालयमा नेपाली पढाउने ती सर अँध्यारा भए र मनमनै सोचे, `कस्तो देश है हाम्रो ? आफ्नै देशमा आफ्नै भाषा बोल्न पनि दण्ड तिर्नुपर्ने …।´

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

11 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

12 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 days ago