छायादत्त न्यौपाने
छुनुमुनु छुनुमुनु यताउता डुल्ने
बाआमाले जे जे गर्छन् त्यही गर्छु भन्ने
आगाे खेल्दा चुत्त हुन्छ पानी आच्छु आच्छु
खेल्न डुल्न रमाइलो गीत सुनी नाच्छु।
आगाे पानी चलाउन रहर कति लाकाे
कलमले कापीभरि रेखा काेर्ने भाकाे
म त खेल्छु रमाएर कचकच नगरौं
बालककाे स्याहारमा अल्छी नबनौँ।
हेरचाहकाे खाँचो धेरै बालकमै हुन्छ
बाआमाकाे खिचातानी मलाई कष्ट दिन्छ
बिर्सिदिन्छु पिर मैले बिर्सनुमै हित छ
बाआमाले माया दिए मेरै मन रम्छ !
बाआमाले माया दिए मेरै मन रम्छ!
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…