तुलसी पण्डित

शिक्षकले भने , हाम्रो यात्रा अगाडि बढ्दै छ ।
हो आज उनी विद्यार्थी लिएर धेरै पर घुमाउन लैजादैछन् । यात्राको बेला उनले केही प्रशिक्षण दिने विचार गरे । तर विद्यार्थीको ध्यान उनी पट्टी खिचिएन । उनी दिक्क भए । किन भने उनले भनेका कुरा विद्यार्थीहरूले सुनी रहेका थिएनन् । जति गर्दा पनि उनी सफल हुन सकेनन् । फेरि प्रयास गरे विद्यार्थीहरू शिक्षक तिर आकर्षित भएनन् । विद्यार्थीहरूले गर्नु पर्ने काम धेरै थियो । धेरै कुरा उनीहरूलाई दिनु थियो। उनले दिक्क मान्दै केही कुरा सोचे ।
केही समयको सोचाइ पछि उनले एक विद्यार्थीलाई भने ।
“जाउँ बाबु त्यो चमेली फूलको बोट मुनिको एक मुठ्ठी माटो लिएर आउँ ।” विद्यार्थी खुर्र दौड्यो । फूलको बोट मुनिको एक मुठ्ठी माटो लिएर आयो । माटो ल्याउने विद्यार्थीलाई माटो सुँघ्न भन्नु भयो । उसले माटो सुँघेर मुखमा अनौठो भाव उत्पन्न गरायो तर ऊ बोलेन । गुरूले क्रमिक रुपमा सबैलाई माटो सुँघ्न भन्नु भयो । सबैले माटो सुँघेर अनौठो मान्दै गुरुलाई सोधे ।
“गुरु अचम्म भयो ?”
“के भयो भन त ।”
“माटोमा पनि चमेली फूलको जस्तै बासना आएको छ ? किन यस्तो भएको गुरु ?”
“के तिमीहरू यसको कारण बताउन सक्छौ ?”
“नाइ गुरु हामीलाई यो रहस्य के हो भन्न आउँदैन ।”
गुरुले हाँस्दै भन्नु भयो ।
“ल भन त बिहान पखमा फूलमा के देखिन्छ ?”
“शीत देखिन्छ सर ।”
शिक्षकले भन्नु भयो ।
“हो शीत घाम लागेपछि तल झर्छ ।”
“अनि के हुन्छ सर ?”
“फेरि फूलका पत्ता ओइलाएपछि तल झर्छ र माटोमा मिल्छ ।”
“ए कुरा बुझ्यौं सर । फूलमा भएको शीत र ओइलाएको फूलको पत्ताले माटोलाई बास्नामय बनाउँछ है सर ?” “हो त्यस्तै असलको संगत गरियो भने हामी पनि असल मान्छे बन्छौँ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

4 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

4 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago