रमेश भान्दाई

परम्परा अनुसार तीजको ब्रतको अघिल्लो दिन दर खाने ख्वाउने प्रचलन रहे पनि एक महिना अघि देखि दरको रमझम सुरु भईसकेको थियो। दर खाने ख्वाउनेले भोजशालाहरु भरिन थालेका थिए। दिनहुँ भोज हुन्थ्यो। नाचगान हुन्थे । स्वस्ती लाई भोजमा सरिक हुन बाट एक दिन फुर्सद थिएन। ब्रत बस्ने दिन नजिकिँदै थियो।


तीजको अघिल्लो दिन सखारै स्वस्तीको घरमा उसको भाइ टुप्लुक्क आईपुग्यो। केही बेरको विश्राम चिया पानी पश्चात भाइले भन्यो-“दिदी ! म त तपाईँलाई तीजको दर खान लिन आएको। आमाले भन्नु भएको छ यसपालि त जसरी भए पनि कान्छीलाई लिएर आउनु। ठूल्दिदी माहिली दिदी आईसक्नु भएको छ।”
“आ…भाइ म त जान्न है। यहीँ दिनदिनै दर खाईँदै छ।”-दिदीले उराठ लाग्दो शोरमा भनी। ” म केही जान्दिन दिदी। आमा सँगै कुरा गर्नुस”-भाइले आमा सँग फोन मिलाएर दिदीलाई दियो।
आमाले छोरीलाई दर खान आउन धेरै ढिपी गरिन्। आफुले प्रेम पूर्वक बनाएका दरका परिकारहरुको नाम सुनाईन्।
छोरीले हेय भावले भनी-“आ…आमा ! तपाईँले बनाउनु भएका खीर पुरी ढकने सेलरोटी सब्जी अचार मिठाई दूध दही घ्यू यी सब दरका परिकार पुराना भईसके। अब पुरानाका स्थानमा नयाँ नयाँ परिकार माछा मासु पिजा वर्गर वाईन वियर आदि आईसकेका छन्। म त आउँदिन आमा। साथीसँगी मिलेर आज यहीँ दर खाने भव्य आयोजना गरेकाछौँ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

21 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

22 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago