Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
“रमाइलो तीज” | सारथि बाल पत्रिका
Categories: बाल कथा

“रमाइलो तीज”

विष्णु भण्डारी आचार्य
बेलबारी ,मोरङ

हाम्रो स्कुलमा दुईदिनको लागि बिदा गरिएको सूचना सुनाइयो । “अब स्कुल पनि दुईदिन छुट्टी भयो, छुट्टीमा के गर्छौ तिमीहरु ? अरु साथीहरु कसैले घुम्न जाने कुरा गरे ,कसैले मामाघर जाने कुरा गरे,मैले केही नबोलेको देखेर मिसले भन्नुभयो, साध्या तिमी त बोलिनौ नि,तिमीलाई छुट्टी भएको मन परेको छैन हो ?” “छ, तर म त घुम्न टाढा जादिन, फुपूहरु आउनुहुन्छ,घरमै रमाइलो गर्ने ,अनि मन्दिर जाने ।” “ल,ल, रमाइलो गर । बाइ बाइबाइ ।” हामी स्कुलबाट सर मिसलाई बाइ गर्दै गुरुरुरर बाहिरियौँ ।

तीजको बेला सबैतिर रमझम थियो । राता लुगा लगाएका छोरीमान्छेहरु तीज मनाउन आआफ्ना जन्मघर जाने क्रम भइरहेकोथियो । तीजको रहर आयो बरिलै तीजको रहर आयो बरि लै जताततै तीजको गीत घन्किरहेको सुनिन्थ्यो । मामुलाई पनि मामा आएर लिएर जानुभयो । बाबाले तिमी नजाउ है छोरी तीजमा मामुसँग । हामी सबैजना भएर दशैँमा जाऔँला नि मामाघर भन्नुभयो । म घरमै बसेँ । बाबाले फुपूलाई फोन गरेर बोलाउनुभयो । बसबाट ओर्लिने ठाउँसम्म म ,र बाबा गयौँ फूपुलाई लिन । फुपू सँग भेट भएपछि मैले खुसी हुँदै फुपूलाई नमस्कार गरेँ । लौ,मेरी भदै पनि आइछन् मलाई लिन भन्दै मायाले अगालोमा बेर्नुभयो र मायाले मेरो गालामा चुप्पा गरि म्वाइ खानुभयो । फुपूले मलाई राम्रो हेयरबिन र चिम्टी ल्याइदिनुभएको थियो । म खुसीले अझ फुरुङ्ग भएँ ।  तीजका  दिन म फुपूहरुसँग मन्दिर जान पाउने कुराले ममा अझ खुसी थपिएकोथियो । “फुपू म पनि भोलि तपाईँसँग मन्दिर जान्छु है ।” पोहोर साल पनि फुपूहरु मन्दिर गएको देखेकी थिएँ ,फुपूको छेउमा गएर खुसी हुँदै भने । “किन जान्छेउ है ?”खिस्स हाँस्दै भन्नुभयो उहाँले । “नाच्न ।” “ल ल जाऔली हामीसँगै ।” फुपूसँग मन्दिर जान पाइने खुसीले म छिमेकी साथीहरु आरजू,प्रवेश ,निनु ,स्रेना एन्जीलालाई सुनाउन कुदेँ । “हेर म त भोलि फुपूसँग मन्दिर जान्छु पो त ।” यो सुन्साथ उनीहरुले भने, “आपुइ ! हामी पनि जान्छौँ नि ।” “जाने भए भन न त आफ्नो घरमा ।” राती भएपछि हजुरआमाले दर पकाउनुभयो ।सबैजना राती उठेर मिठो मानीमानी दर खायौँ । भोलि ब्रत बस्ने कुरा सुनेर मैले पनि भने “फुपू म पनि भोलि ब्रत लिन्छु है ।” फुपूले मायाँलु बोलीमा भन्नुभयो,“पर्दैन नानी, तिमी सानी मान्छेले ब्रत लिनुहुँदैन ।तिमीजत्राले त टन्न खानेकुरा खाएर जाने, अनि नाच्ने है ।” मैले हुन्छको भावमा टाउको लर्काएँ । राता लुगा लाएर फुपू अरु साथीहरुसँग मन्दिर जानुभयो । म पनि मामुले ल्याइदिनुभएको रातो जामा र फुपूले ल्याइदिनुभएको हेयरबिन चिम्टी लगाएर फुपूसँग गएँ । मेरा मिल्ने साथीहरु पनि जाने भएकोले म रमाउँदै साथीहरुलाई खबर गर्न उनीहरुको घरतिर हान्निएँ । मन्दिर पुगेपछि अरु साथीहरुसँग पनि चिनजान भयो मेरो । गीत घन्किरहेको थियो ,हामीहरु त्यहाँ दिनभरि नाचेर रमाइलो गर्यौँ । मेरा प्यारा साथीहरु तपाईँहरु चाडबाडमा आफ्ना परिवार र साथीहरुसँग यसरी नै रमाइलो गर्नुभयो होला तीज मान्नुभयो होला हैन त ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

दशैँ

लक्ष्मीप्रसाद पौडेल धनगढी, कैलाली बाले बोकालाई रातो टीका लगाए । घाँटीमा रातो धजा बाँधे ।…

2 weeks ago

विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षण अब राज्यको जिम्मामा

विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…

2 weeks ago

लघुकथा

जानकी कर्माचार्य ललितपुर,हरिसिद्धि "हजुरबुबा ! हजुर किन सधैँ यो अनलाइनमा कति बस्नु हुन्छ?" अनलाइन कार्यक्रम…

2 weeks ago

“हामी र हाम्रा नदी”

कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…

2 weeks ago

अन्धभक्त

केशव नेपाल ‘नील’ बलेफी - ८, लामोसाँघु, सिन्धुपाल्चोक “होनित ! यो मोबाइल भन्ने चिजले आफ्ना…

2 weeks ago

मुकुण्डो

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया "गलामा माला, शिरमा टोपी।" सुकमान ‘आदर्श पुरुष’ को प्रमाणपत्र बोकेर घर…

2 weeks ago