Categories: बाल कथा

बिकृति

श्यामप्रसाद श्रेष्ठ
हेटौडा-६

नारायण घरको कौसिमा बसेर बजारको चहल पहल नियालिरहेको थियो। चोक बजारमा नारीहरु रातो साडि रातै चोलो,रातै सिन्दुर,पोतेमा सजिएर हिँडेको देखेर नारायणले मनमनै प्रश्न गर्यो,”नारीहरुको आज यो के को चहलपहल रहेछ?”
उसलाई त्यो चहलपहल बारे थाहा पाउन धेरै बेर लागेन,बिगत केही बर्ष देखि देशमा तीज पर्वलाई नारीहरुले महान पर्वको बहानामा महिनौँ दिन देखि दर खाने कार्यक्रम गरेको सम्झियो । “हरितालिका तीज त संकल्पको पर्व हो । उपबास र उपासनाको पर्व हो । संस्कृतिलाई बिकृति होइन सुसंस्कृत बनाउने संकल्प सहितको पर्व हो।”


यस्तो संस्कारयुक्त तीज दिन प्रतिदिन भडकिलो,खर्चिलो र उच्छृंखल बन्दै गैरहेको सम्झिएर अँधेरो अनुहार बनाउँदै पाकेटबाट मोबाइल निकाल्यो र नम्बर थिच्यो।
उता बाट एउटी नारीको आवाज सुनियो,” हेलो बाबा ! फोन किन गरिसिनु भएको होला?”
“छोरी ! तिमी अहिले कहाँ छौ?”
” बाबा! हामी अहिले पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रममा ब्यस्त छौँ।”
” छोरी ! यसपालि बाउ खुवाउने औंसीको दिन एउटा जरुरी कामले गर्दा फुर्सद नहुने भयो,यसपालि औंसी मनाउन भोलि नै आइज न ल!”
“बुवा ! हजुरले के भनिसिनु भएको ? औंसी आउन त अझ १५ दिन बाकी छ।”
” मलाई पनि थाहा छ, छोरी ! ता पनि भोलि नै औंसी सम्झेर आए भै हाल्छ नि!”
“बाबा , हजुरले यो के भनिसिनु भएको? चाँडपर्व ,संस्कृति जस्ता संस्कारहरु पनि जहिले मनलाग्यो मानेर हुन्छ त ? यस्तो बिकृति ल्याउन हुन्न नि, समाजले के भन्ला बाबा?”
“छोरी ! आज तिमी नारी जातिले तीजको नाममा महिना दिन अगाडि देखि दर खाँदा संस्कारमा बिकृति न आउने अनि हामी बाउले चाहिँ १५ दिन अगाडि औंसी मनाउँदा बिकृति आउने?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

15 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

15 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago