
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“बाबा दशैँ किन मनाउँछन् ?” कुमारले आफ्नो बा सँग सोध्यो।
सात वर्षीय कुमार अलिक जिज्ञासु स्वभावको थियो।
“छोरा दशैँ प्राचीन कालदेखि मनाउँदै आएको महान पर्व हो यसलाई बडा दशैँ पनि भन्छन्।”- लखनले छोरालाई जानकारी गराउँदै भन्यो।
“त्यो त ठिक हो तर मनाउँने उद्देश्य केहोला ?”- कुमारले जिज्ञासा राख्यो।
” उद्देश्य त सबै चाड पर्वको एउटै हुन्छ, समाजमा एकता बनिरहोस, देशमा शान्ति सुव्यवस्था बनिरहोस्।”- लखनले छोरालाई सम्झाउँदै भन्यो।
“तर चाढ पर्वमा नै धेरै लडाइ परेको हुन्छ। हिँजो पनि तल्ला घरे अंकलको घरमा लडाइ परेपछि प्रहरी आएकाथिए।” कुमारले निदार खुम्चाउँदै भन्यो ।”
“होर ?”-लखनले सटिकमा सोध्यो।
“होनि, उनीहरू भाइ दाइमै कुटा कुट भएको थियो।”- कुमारले भन्यो।
“दशैँ त नराम्रोमा राम्रोको जीत हो। हत्या हिँसाको बिरोधमा हो। ” – लखनले भन्यो।
“त्यो त झुट कुरा बोल्नुभयो हजुरले ! ” कुमारले नाक मुख बिगार्दै भन्यो।
“होइन छोरा यथार्थ हो।
“जति हत्या हिँसा दशैँमा हुन्छ अरू पर्वमा हुँदैन।” सात वर्षीय कुमारका कुराले लखन आबुक बन्यो।





