Categories: कविता

“दशैँ आयो, खुसी छायो”

 


अन्जु चालिसे रूपान्जली

आँगनभरि फूल फुले,
घरैभरि बास्ना।
आमाको हातको सेलरोटी,
दशैँको मिठो सम्झना।

रातो टीका, पहेँलो जमरा,
नयाँ लुगा लाउँछु।
हजुरबाको आशीर्वादले,
मनभरि खुसी सँगाल्छु।

लिङ्गे पिङको मच्चाइसँगै,
आकाश छुने रहर।
साथीभाइको हाँसोले नै,
रमाइलो हुन्छ सहर।

टाढा गएका आफन्तहरू,
घरमा फर्की आउँछन्।
मायाका ती मीठा कुराले,
मनका दूरी मेटाउँछन्।

दक्षिणाभन्दा प्यारो लाग्छ,
आफन्तको त्यो माया।
सबै मिली रमाउँदाखेरि,
उज्यालिन्छ घरको छाया।

दशैँ तिमी पर्व मात्रै होइनौ,
मिलनको मीठो बहार। माया,
सद्भाव बाँड्दै आऊ,
हरेक घरमा बारम्बार।

दशैँ आयो, खुसी छायो,
मनमा नयाँ उमङ्ग।
माया बाँडी, खुसी साटी,
मनाऔँ दशैँसँगै सङ्ग।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

11 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

11 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

11 hours ago

अबला

फिराक गोर्खाली गुवाहाटी असम “होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?” “बहिनी, समय नै…

2 days ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago