Categories: कविता

“कान्छा तेरो दशैँ आयो र ?”


ह्रदय लेकाली

कान्छा यसपालि पनि
बजारमा राम्रा राम्रा कपडाहरु भित्रिएका छन्
खसी बोका च्याङ्ग्रा ओइरिएका छन्
मीठा मीठा स्वादिला मिठाईंका परिकारले
शहर बजार मगमगाएका छन्।

कान्छा वरपर छिमेकमा
असाध्यै खुसी भित्रिएको छ
मान्छेका मन र खुट्टा ठाउँमा छैनन् यति बेला
कान्छा भाग्य पनि
तिनैको दह्रो हुँदोरहेछ
जो सबै चिजले सम्पन्न छन्।

छिमेकीले मार हान्दा
गन्ध तेरै घरमा हुलिन्छ
छिमेकी नयाँ कपडामा सजिदा
रहर तेरै छोराछोरीका प्वाल परेका कपडामा ठोकिन्छ
सत्ते धरोधर्म कान्छा
दशैँ तिहार पर्व भनेका
गरिब निम्छरालाई झस्काउन आउने त हुन्
कान्छा जस्तालाई तर्साउन आउने त हुन्।

पोहोर साल मुखुली बिमारी हुँदाको ऋण
अझै तिर्न सकेको छैन कान्छाले
सिराने पाटो बन्धकी राखेको
अझै निखन्न सकेको छैन कान्छाले
छोराछोरीको स्कुलको फी
बुझाउन सकेको छैन कान्छाले
आफ्नै जाँगे,कमिज टाल्न सकेको छैन कान्छाले
खोई किन हो
समय, गरिबी र अभावले
हरेक पल डस्छन् कान्छालाई
दिनरात कस्छन् कान्छालाई
दस औँला खियाउँदा पनि
रातदिन काममै जोतिदा पनि
कान्छो भोकभोकै छ
अभाव र पीडामा बाँचेको छ।

घरमा पटक पटक साहु आउँछन्
समय परिस्थितिले गाँजेकै बेला
तेरो स्वास्नी फुली टप दे भन्छन्
बाँधेको भैंसी पाडैसित ले भन्छन्
बसेको जमिनको टुक्रो छोडिदे भन्छन्।

मुखुली निरोगी हुँदी हो त
साना केटाकेटी अलि ठूला हुँदा हुन् त
कान्छोले भनेझैँ काम पाउँदो हो त
यो चरम गरिबी अभावले थिच्ने थिएन
केही आय उपाय नभएसि कान्छा
शहर बजारमा नयाँ कपडा भित्रेर के भो
खसी बोका च्याङ्ग्रा ओइरेर के भो
गरिबी र अभावमा दशैँ तिहारले
मन झन् थिलोथिलो पार्दोरहेछ
घरभरि अभावै अभाव
परिवारमा तनावै तनाव
यो यस्तो विषमतामा
कान्छा तेरो दशैँ आयो र ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

11 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

11 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

11 hours ago

अबला

फिराक गोर्खाली गुवाहाटी असम “होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?” “बहिनी, समय नै…

2 days ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago