Categories: बाल कथा

“स्वार्थी प्रेम”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६ दाेलखा

लघुमायाँ अम्बरलाई खुबै मन पराउँथी । सुनेकी थिई अम्बर स्मार्ट छ धनी छ तर देखेकी थिईन । मनमनै कल्पनामा सजाउँथी । कुनै दिन फेसबुकमा झल्याकझुलुक अनुहार देखेकी थिई । अम्बर पनि पटक पटक फाेन गरिरहन्थ्याे ।उनीहरू छुट्नै नसक्ने जाेडी भैसकेका थिए ।
लघुमायाँलाई बाल्यकालमै पाेलियाे लागेकाेले एउटा खुट्टा खाेच्याएर हिड्ने गर्थी, शरीरभने हृष्टपुष्ट अनुहार धपक्कै बलेकाे थियाे । खुट्टाको फरक क्षमता भएपनि अमरजस्ताे सुन्दर केटा साथी पाउन लागेकीमा उ फुरूक्क थिई ।
अमर दिनरात कडा परिश्रम गर्थ्याे । राम्ररी पैसा कमाएकाे थियाे घर , गाडी , पैसा दाैलत, ईज्जत सब आर्जन गरेकाे थियाे । ऊ एक सच्चा जीवन साथीकाे खाेजीमा थियाे । लघुमायाँले अमरलाई भेट्ने कुरा गर्ने, विवाह गर्ने कुरामा खुबै ढिपी गर्दै गई । अमर पख पख भन्दै थियाे। उनीहरू दुईचार घण्टाकाे गाडीकाे बाटामा फरक स्थानमा बस्थे। उनीहरूकाे सम्पर्क फाेनकाे फेसबुक आइडीबाट भएकाे थियाे प्रत्यक्ष भेटघाट भएकाे थिएन । लघुमायाँकाे टिकटकमा कतै अलिकति खुट्टामा समस्या हाे कि भन्ने देखेकाेभने थियाे तर लघुमायाँकाे प्रेम र धपक्क बलेकाे मुहारले ऊ उनीलाई पाउन ब्यग्रथियाे । एकदिन एका्न्त स्थानमा भेट्ने सल्लाह भयाे ।
खमरलाई आज लघुमायाँकाे परीक्षा लिनुथियाे । रूपकी यती राम्री दिलमा कस्ती छन् त ? अमरले एकजना साथीसँगै लिएर सररर कारमा निश्चित स्थानमा गई बस्याे।
ताेकिएकै समयमा लघुमायाले आफ्नी मनपर्ने साथीलाई सहारा बनाई आईरहृकाे अमरले देख्याे।
साथीलाई कार मालिक बनायाे र आफू अक्टिजम भएकाे हात लल्याक लुलुक, मुख बाङ्गीएकाे अशक्त भएकाे अभिनय गरेर उभियाे । लघुमायाँले ताेकिएकाे स्थान आइपुगेर फाेन गरिन्।
“कता हाे, खैत देख्दिन त कहाँ हुनुहुन्छ ?” साेधी । म यही कारको छेउमा छु त नहेरी गयाै भन्दै अमरले  फाेन उठायाे। लघुुमायाँले पछाडि हेरी र साथीलाई भनी ” हैट के जिस्केकाे हाेला यस्ताे बिकलाङ्गले पनि।” फ्याल्ट्यक फ्याल्ट्या गर्दै अली अगाडि गएर फेरी फाेन गरी । अमरले फेरि फाेन उठायाे र भन्याे “म यही कारकाे छेउमा उभिएकाे मान्छे हुँ। ” लघुमायाँ फर्क्क फर्केर खुट्टा खोच्याउँदै आएर हैट तिमी यस्ताे थियाै भन्ने थाहा पाएकाे भए म प्रेम, विवाह गर्छु भन्ने नै थिइन धेकेवाज भन्दै अमरका गालामा चड्कन लाउन थाली ,चप्पलै चप्पलले खुब पिटेर आफू आएकै बाटाे फर्किई।
अमरले अभिनय छाेडेर वास्तविक बन्याे र भन्याे ” लघु फर्केर हेर त तिमी परीक्षामा असफल भयाै । मैले तिम्राे परीक्षाका लागि नाटक गरेकाे ।”
लघु फरक्क फर्कीएर आई गल्ती भएकाे माफ मागी, अनुराेध गरी । अममरले भन्याे, “तिमी दिलकी राम्री छैनाै विवाह हुन सक्दैन भन्दै साथीलाई कारमा राखेर सरर हिंड्याे।

सारथि बाल पत्रिका

View Comments

  • Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

17 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

17 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago