तिलक तारामी “रेशाली”
बुटवल – ११, रुपन्देही
“आमा ! माथ्लो घरबाट के को बास्ना आको ? कति मिठो है ! ” सात वर्षीय छोरीले मुख खोली।
“खसी पोलेको बास्ना हो। खसी काटे नानी।” चमेली बोली।
“आमा ! तल्लो घरबाट फेरि अर्को बास्ना आयो नि ! यो के को बास्ना हो नि ? ” छोरीले फेरि अर्को जिज्ञासा राखी।
“सेलरोटीको बास्ना हो, नानी।” चमेली बोली।
अवोध छोरीको प्रश्नले चमेली अवाक् बनी। छोरी नजन्मिदै लोग्ने विदेश गएको थियो। एक महिना अगाडि मात्र एम्बुसमा परी उसको मृत्यु भएको खबर आएको थियो। अझै पनि शव आइपुगेको थिएन।
“आमा ! आज किन यस्ता मिठामिठा बास्नाहरू आइरहेका छन् ? ” छोरीको अर्को प्रश्न आयो।
“दशैं आयो नि ! ” चमेलीको मन अमिलो पार्दै भनी।
“हाम्रो घरमा दशैँ आउँदैन र आमा ? ” छोरीले बालशुलभ प्रश्न गरी।
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…
रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…
लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…