
शम्भु ढकाल
सूर्याेदय न पा १२ आठघरे ,ईलाम
“यस पालि म त मावल नजाने ।” सरिताले आमासँग भनी ।
“किन ? मैले ल्याई दिएकाे लुगा मन परेन ?” आमाले साेधिन् ।
“लुगाले हाेईन ।” उसले भनी ।
“कि जुत्ता मन परेन ?” आमाकाे प्रश्न ।
“हाेईन हउ ।” अलि झर्किन खाेज्दै सरिताले भनी ।
“के भयाे त ? मावलमा बुबा आमा नातिनी आउछे भनेर बाटाे हेरिरहनु हुन्छ ।”आमाले भनिन् ।
“हेर्नु हाेस् न त । म त याे दशैँमा कतै नजाने । घरैमा भाइसँग खेलेर बस्ने ।” सरिताले भनी ।
“के कारण छ त ? भन् न अब ।” आमाले कर गरिन् ।
“ठूलेमा सानिमाका छाेराछाेरी सधैँ दशैँमा उनीहरुका बाबासँग मावल आउछन् । म चैँ कहिले बाबासँग मावल जाने ?बाबा नआउन्जेल नजाने ” उसले भनी ।
“उनीहरुकाे बाबा स्वदेशी जागिरे ।”आमाले भावुक हुँदै भनिन् ” तेराे बाबा विदेशकाे राेजगारीमा, सजिलै कहाँ आउन पाउनु हुन्छ नानी ?”





