भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
ल कृष्ण त फेल भएछ।
कृष्ण र अर्जुन मिल्ने साथी थिए। आमाहरूको पनि मिलाप गहिरो थियो तर पढाइका विषयमा चाहिँ यदाकदा ठाकठुक परिरहन्थ्यो।
अर्जुन पढाइमा अब्बल तर जिद्दी स्वभावको थियो । ऊ हरेक कुरामा अगाडि आउँने हुनाले घरपरिवारले गर्व महशुस गर्थें । कृष्ण आफू कमजोर भएकाले उसले कहिल्यै घमन्ड गरेन।
समय बित्दै गयो, उमा र ताराले विगतलाई कोट्याए। ताराले भनी, ” मैले कृष्णले कहिल्यै गरिखाला जस्तो लागेको थिएन तर अहिले उसको प्रगती देखेर खिन्नता बोध हुन्छ ।” उसले मिश्रित भावमा भनी उमा, “अर्जुन साह्रै राम्रो थियो पढाइमा, किन बिचैमा छाडेछ ? पढेको भए घर, समाज र देशकै लागि योग्य भएर निस्कन्थ्यो । सम्झाइनस् ।” उसले सान्त्वना दिई।
“के गरिन होला ? पहिला चलाख थियो, सबैले मत्याए, अहिले कुलतमा फस्यो ।” तारा सम्झिएर विरक्तिई
पहिला आँफूले गरेका व्यवहार, छोराको चालचलन र कृष्णको बानी दाँज्दै उसको फेरि गुनगान गाउन थाली।
उमा, ” जान्नु मात्र सबै कुरा होइन, जीवनको लक्ष्य प्राप्त गर्न धैर्य, लगाव र निरन्तरताको आवश्यक हुन्छ ।” उसले आत्मविश्वासले भनी।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…
View Comments
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.