Categories: बाल कथा

दाजु र भाइ

सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं

वर्ष नाै र दसका दुई दाजुभाइ घरबाट विद्यालय जाँदै थिए । बाटाेमा मैले हिजाे गृहकार्य नगर्दा दिनभरि विद्यालयकाे चाैरमा कुखुरा बन्नु पर्याे। आज त विद्यालय नजाऔँ संगीत भन्दै लयले प्रस्ताव राख्याे । लयकाे प्रस्ताबमा सङ्गीतले पनि सहमति जनायाे। दुबै दाजुभाइ विद्यालय तिर नलागेर खाेलातिर लागे। झाेला र लुगा खाेलाकाे किनारमा राखेर खाेलाभित्र पसे। दिनभरि माछाभन्दै भ्यागुताकाे साना साना बच्चा समातेर याैटा प्लाष्टिकमा जम्मा गरे । त्यसलाई पनि किताबकै झाेलाभित्र राखे। जब चार बजेपछि अरू विद्यालयबाट फर्केकाे देखे तब उनीहरू पनि पछि पछि लागेर घर फर्किए। दिनभरिकाे पाैडी खेलाइले दुबै जना थाकेर लखतरान थिए । ओठ मुख निलाे भएकाे थियाे। दुबै घरमा पुगे। आमाले खाजा दिइन् । उनीहरू दाजुभाइ खाजा खाँदै थिए। आमाकाे आँखा किलामा झुन्ड्याएकाे झाेलामा पर्याे । झाेला भिजेकाे थियाे । झाेला निकालेर हेर्दा झाेलाभित्र किताबमात्रै हाेइन भिजेकाे भित्री लुगा र एउटा सानाे प्लाष्टिककाे पाेका पनि थियाे। आमाले साेधिन् -“याे के हाे ?”जवाफमा उत्तर आएकाे थियाे -“माछा ।”त्याे माछा नभएर नभएर भ्यागुताका साना बच्चा थिए । आमाले कुरा बुझिहालिन् र भनिन् -“आज पनि तिमीहरू विद्यालय गएनाै हैन ,पख भाेलि म आफैँ पुर्याउन जान्छु र याे सबै कुरा सर ,म्याडमहरूलाई भनिदिन्छु ।”
आमा निकै रिसाएकाे र अप्ठेरामा पर्ने महसुस गरी दुबैले अबदेखि यस्ताे गर्दैनाै भन्दै रूँदै क्षमा याचना गरे। आफूहरूले गल्ती गरेकामा पश्चात्ताप पनि गरे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

15 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

15 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

15 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

2 days ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

2 days ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

3 days ago