Categories: बाल कथा

बुहारी

भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट–४, नवलपुर

” किन हो बुहारी मान्छे नि यति बेलासम्म सुतिरहेको ? बिहान उज्यालो हुँदा त दैलो कुचो सबै भ्याउनु पर्ने होइन र ! कति अल्छी रहिछे कुन्नि ? बिहानै उठेर घरधन्दा सकेर खाजा बनाउनु पर्ने हो । सासुले भनिन् ।”
बुहारी ! “केही नबोली- नबोली उठेर आफ्नो काम गर्छिन् । केही बोल्यो भने पनि बेकार आफू मात्र नराम्रो भइन्छ । जीत उनीहरुकै हुन्छ । यिनीहरुलाई काम मात्र चाहिन्छ । हाम्रो पनि शरीर हो । कहिलेकाहीँ त बिरामी भएर नसकेर पो हो कि भनेर नसोच्ने किन हो ? जति काम गरे नि कहिल्यै गरी भन्ने होइनन् ।” बुहारीले भनिन् । बिहान उठ्न एकछिन के ढिला भएको थियो ? घरका जहान सबै खनिए । त्यो देखेर उसले केही सोच्नै सकेकी थिइन ? ” किन होला छोरी र बुहारीमा यत्रो फरक ? छोरीले त केही काम गर्ने नहुने जस्तो गर्छन् । उनीहरुले गरेको काम देखिने तर मैले दिनैभरि मरिमरि काम गरेको नदेखिने किन होला । आखिरी ! बुहारी पनि कसै कि छोरी हुन् ? आफ्नो नि छोरी छन् । उनको नि विहेगरिदिने होला क्यारे ।” बुहारीले थपिन् ।
श्रीमानतिर फर्के भने पनि मेरो कुरै खादैनन् । श्रीमान् पनि कुरै नबुझ्ने किन हो कुन्नी ? हुँन त आफ्नो रोजगार केही छैन । सबै घरमा नै आश्रित हुनु परेको छ । त्यसमा पनि परिवारको कान्छो छोरो भएर पो हो कि ? जिम्मेवारी भन्ने केही लिनै नखोज्ने ? यसरी त कति दिन चल्छ र ? श्रीमतीको दुःख बुझ्नै नखोज्ने, यसो केही भनै भने पनि के गाह्रो छ र ? यत्तिको काम त गर्नै पर्यो नि बुहारी भएपछि भन्नुहुन्छ । भाइबहिनी पढ्दै छन् । तिनीहरुले काम गरेनन् भनेर त भन्नै सुहाउँदैन नि । आँफूले पनि केही सहयोग गर्ने होइन । सधैँ अल्लारेपना गरेर त कसरी चल्छ ? ” मनमनै बिलौना गरी ।
ऊ अन्तरमनमा नै एकनासै कुरा गरी रहन्छे । हैन, सबैलाई यस्तै छ र ? छैन, ऊ पल्लोघरे सीतालाई त उसको परिवारमा त सबैजना बुझ्छन् । घरको काम पनि सबै मिलेर गर्छन् । सबैले माया अनि सम्मान गरेका छन् । यताउता डुल्न, घुम्न पनि हिँडेको देखिन्छ । सधैँ कति हँसिली देखिन्छिन् । ” भनि अनयासै टोलाइ ।
अनि पुन: सोच्छे, ” यो छोरी र बुहारी बीचको विभेद अन्त्य भएमा मात्र सबै परिवारमा एकता हुनेछ । “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

3 days ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

3 days ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

3 days ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

3 days ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

4 days ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

4 days ago