Categories: बाल कथा

“दुरुपयोग”

तिलक तारामी “रेशाली”
बुटवल-११, रुपन्देही

“छोराको त पढाइ खस्किए छ नि ! ” छोराको नतिजा हेरेपछि शोभाखरले रजनीसँग भने।
“के भयो र ? ” रजनीले प्रश्न गरिन्।
“सधैं पहिलो हुने, अहिले त उतीर्ण मात्र भएछ नि ! ” शोभाखर बोले।
“यस्तो त हुनै सक्दैन। म अहिल्यै विद्यालय गएर हेडसरसँग कुरा गर्छु।” रजनी विद्यालय जाने तरखर गर्न थालिन्।
उनीहरुको एउटै मात्र सन्तान थियो। एउटा महँगो विद्यालयमा पढाएका थिए। केही समय अगाडि छोरोले आमासँग स्मार्ट फोनको माग गरेको थियो। शोभाखरले आनाकानी गर्दागर्दै पनि रजनीले किनिदिएकी थिइन्।


“भो पर्दैन्। किन जाने विद्यालय ? यो सबै तिमीले गर्दा त हो नि ! ” शोभाखर बोले।
“छोरा सप्रिए तिमीले गर्दा र बिग्रिए मैले गर्दा हुन्छ है ! त्यही भन्न खोजेका हैनौ, तिमीले ? ” रजनी बम्किन थालिन्।
“यो कलिलो उमेरमै स्मार्ट फोन नकिनिदिउँ भनेको, मानिनौ त ? त्यसैको प्रतिफल त हो नि ! बुझ्यौ ? ” शोभाखर बोले।
“नबुझेको कुराहरू युट्युब र गुगलमा खोज्न पाइन्छ। पढ्ने मान्छेलाई स्मार्ट फोन त चाहियो नि ! कस्तो कुरा गरेको तिमीले ? ” रजनीको आवेग अझै थामिएन्।
“स्मार्ट फोनको सदुपयोग गरेको भए यस्तो नतिजा आउँथ्यो त ? तिमी आफै भन त ।” शोभाखरले प्रतिप्रश्न गरे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

11 hours ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

11 hours ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

12 hours ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

12 hours ago

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

1 day ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

1 day ago