फेसबुक कवि
हेर साथी फाेहाेर, सबकाे हात हातमा,
साबुन लाई धुँदा पनि, पस्छ नङ कापमा ।
अनेक राेग किटाणु, बाेकी हिड्छ साथमा,
थाहै नपाई पेटमा, लुकी पुग्छ भातमा ।
लु अाइज त फाेहाेर, साबुनले धाेइदिन्छु
लामा नङ काटेर, अाैंला मुडुलाे भैदिन्छु ।
जताततै छुँदिन, फाेहाेर पनि खेल्दिन,
जे जे काम गरेपनि, हात धुन भुल्दिन ।
काेठा सफा गर्दछु, अागन सफा गर्दछु,
धुलाे हिलाे देखेमा, छेउ जान्न सर्दछु ।
नुहाउँछु दाँत माझ्दछु, सफा लुगा लाउँछु,
सरसफाइ गरेर, राेगलाई हराउँछु ।
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…
सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…
कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…