गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
घामपानी घमाइलो
पानी परेपछि
झुल्के घाममा शीतको थोपा
पातमा परेपछि ।
परी हुन् कि अप्सरा
सुन्दरी यी धरा
जताततै मन रम्ने
आहा! हराभरा ।
ढकमक्क फूल फुल्छ
बागवाटिका भरि
लटरम्म फल बोटमा
अमृत खाए सरी।
भमराले गीत गाउँदा
पुतली कम्मर भाँच्छ
डालीडाली डुलेर
मौरी प्रीति साँच्छ।
भुइँमा छ फूलबुट्टे
गलैँचाको खात
बुझ्न सके स्वर्ग यहीँ छ
प्रकृतिको बात ।
छङ्छङाउँदै गीत गाउँछ
अटुट बनी झर्ना
घोरलले कत्थक नाच्दा
खुसी हुन्छ अर्ना।
अनौठो छ संयोजन
वर्षा लागेपछि
ब्युँझिएर सारा संसार
फूर्ति जागेपछि ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…