Categories: बाल कथा

“दुर्घटना”

निर्मला वराल ,
भक्तपुर सानो ठिमी

“ आमा, अहिले नै आत्तिनु जरुरी छ र ?“
“हेर छोरी, राम्रो घरको कुरो छ । तिमीलाई थाहा छ बाबाको कत्रो ठुलो मान-प्रतिष्ठा छ समाजमा । फेरि केटाले पनि अमेरिकाबाट डाक्टरी गरेको रहेछ ! समयमा निणर्य गर्न नसक्दा दुर्घटनामा परिन सक्छ पछि।“
“ठीक छ त छोरी, तिम्रो बिचार के छ, भन न त ?” बुबाले कारको सिसा पुछ्दै छोरीको मनसाय बुझ्न खोजे ।
“यो विषयमा म हजुरहरुलाई छिटै निणर्य दिनेछु ।” छोरी तुरुन्तै बाहिर निस्किन् ।
एकैछिनमा उनी व्हीलचेयर धकेल्दै घरभित्र पसिन् । व्हीलचेयरमा एकजना भलाद्मी देखिने युवा थिए । उनका दुवै खुट्टा थिएनन् ।
छोरीले गम्भीरभावमा ती व्यक्तिललाई देखाउँदै भनिन्, “…हामी साथी !”
ती युवकले बुबा आमालाई नमस्कार गरे । उसलाई नियाल्दै बुबाआमा दुवै अक्क न बक्क परे । उनीहरुले केही सोध्नुअघि युवकले भने, “म राजेश घायल ! पन्ध्र वर्षको छँदा २०६३ सालमा विद्यालय जाँदै गर्दा ठूलो दुर्घट्नामा परेँ ! कसैले चलाएको कारले मलाई किचेको अरे भन्नुहुन्थ्यो मेरो बुबा..।बितेका कुरा बितिगए, तर आज म, परिवारको सहयोगले एउटा सफ्टवेयर इन्जिनियर हुन पाएँ ।”
छोरीले ती युवकसँग आँखा जुधाउँदै भनिन्, “उहाँलाई नै मैेले मेरो जीवन साथी रोजेकी छु !”
छोरीको कुरो सुनेर आमाको अनुहारमा डर सलबलाए झैं देखियो । असिनपसिन भएका बुबाको अनुहारको निलो कालो भयो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

21 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

21 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

21 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago