“तालमेल”

लता के सी
तीनकुने , काठमाण्डौ

“कविता वाचन गर्नुहोस् ,पुरस्कार जित्नु होस् । ” समाचार पढेर म खुसी भएँ। हतार हतार तलको जानकारी पढेँ ।  ‘मङ्सिर´ शीर्षकमा कविता वाचन गर्नु पर्ने लेखिएको थियो। तयारीका साथ उपस्थित हुन आह्वान गरिएको रहेछ ।
पूर्व तयारीका साथ तोकिएको मिति र समयमा म स्थान खोज्दै गन्तव्यतिर लागेँ । कार्यक्रम हुने स्थानमा पुग्दा हल टन्नै भरिएको थियो । कार्यक्रम सुरू भयो । उद्घोषकले पालै पालो प्रतियोगीलाई बोलाए । बीच बीचमा उनी भन्दै थिए ,  “शीर्षक एउटै भएको र प्रतियोगीको सङ्ख्या धेरै भएकोले बिना सम्बोधन र भूमिका नबाँधी कविता वाचन गरिदिनु होला ।”
लगातार ३ घण्टापछि कार्यक्रम सकियो। फेरि उद्घोषकले जानकारी गराए , ” फलानो , फलानो , फलानो निर्णायकले निर्णय नदिएसम्म प्रतियोगीहरू हल छोडेर नजानु होला । ”
नतिजा के होला ? म भित्र आँधी चल्यो । मन र दिमाग बीच द्वन्द चल्दै थियो । उद्घोषक कराए , ” अब प्रतियोगिताको नतिजा सुन्ने पालो आएको छ । निष्पक्ष निर्णायकको नतिजा म समक्ष आइ पुगिसकेकोले समय खेर नफाल्दै म पढेर सुनाउँछु । ”
हल शान्त भयो । सन्नाटाभित्र उनी चिच्याए , ” प्रथम `सहर´ , दोस्रो `किताब´ र तेस्रो` रूख´ शीर्षकका कविता उत्कृष्ट ठहर भएका छन् । विजय प्राप्त सर्जकहरूलाई बधाई छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

23 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

23 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago