सरिता पराजुली
चन्द्रागिरि -१५,काठमाडाैं
कहिले पास कहिले फेल कलमकाे खेल
अक्षरलाई नचाउँछ गरी झेलमेल
कहिले हिमाल पुर्याउँछ कहिले बेंसी झार्छ
कहिले काहीँ यसैले नै अप्ठेराेमा पार्छ।
सेवा गर्ने मेवा पाउँछ नगर्नेलाई छैन
ज्ञानकाे दीयाे बाल्ने मै हुँ चानेचुने हैन
भन्दै घुर्की लगाउँदै आफ्नाे वशमा पार्छ
मै हुँ भन्ने घमण्डीकाे सेखी पनि झार्छ।
हेर्दा सानाे भए पनि काम यसकाे ठुलाे
फुत्त बाहिर भागिहाल्छ पायाे भने दुलाे
यता खाेज्याे भेटिदैन उता खाेज्याे छैन
बाल्यकालमा अप्ठेराेमा नपरेकाे हैन।
मूर्ख पनि सज्जन हुन्छन् संगत यसकाे गरे
वाल्मीकि र कालीदासकाे यस्तै कथा छ रे
ज्ञानकाे ज्याेति बालिकन मनकाे फाल्ने मैलाे
यसैले नै खाेल्छ हाम्राे चेतनाकाे दैलाे।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…