सरिता पराजुली
चन्द्रागिरि -१५,काठमाडाैं
कहिले पास कहिले फेल कलमकाे खेल
अक्षरलाई नचाउँछ गरी झेलमेल
कहिले हिमाल पुर्याउँछ कहिले बेंसी झार्छ
कहिले काहीँ यसैले नै अप्ठेराेमा पार्छ।
सेवा गर्ने मेवा पाउँछ नगर्नेलाई छैन
ज्ञानकाे दीयाे बाल्ने मै हुँ चानेचुने हैन
भन्दै घुर्की लगाउँदै आफ्नाे वशमा पार्छ
मै हुँ भन्ने घमण्डीकाे सेखी पनि झार्छ।
हेर्दा सानाे भए पनि काम यसकाे ठुलाे
फुत्त बाहिर भागिहाल्छ पायाे भने दुलाे
यता खाेज्याे भेटिदैन उता खाेज्याे छैन
बाल्यकालमा अप्ठेराेमा नपरेकाे हैन।
मूर्ख पनि सज्जन हुन्छन् संगत यसकाे गरे
वाल्मीकि र कालीदासकाे यस्तै कथा छ रे
ज्ञानकाे ज्याेति बालिकन मनकाे फाल्ने मैलाे
यसैले नै खाेल्छ हाम्राे चेतनाकाे दैलाे।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…