दूरदर्शिता

रञ्जु खनाल
“हेरन राधा मेराे मालिकले त कुन्तीलाई जे खान मन छ त्यही खा भनेर रू पाँच सय दिए नि !”
“तपाईँलाई चाहिँ कति दिए नि दादा ?” दश बर्षकी राधाले आफ्नाे बाह्र बर्षकाे दाजुसँग उत्सुकता देखाई।
“मलाई त रू पचास मात्र ” असन्तुष्टी देखायाे राकेशले।
“हैन दादा सधैँ हप्कीदप्की लगाउने साहूले किन आज पैसा दिएका हाेलान् ? सन्देह गरी राधाले।
“आज अन्तराष्ट्रिय बाल दिवस रे क्या !” राकेशले यथार्थ ओकेल्याे अनि पुन: तर्क गर्दै भन्न थाल्याे -” बालकलाई श्रम गराए बापत पैसा दिएर खुसी पारेका हाेलान् ।”
राधाले चिन्ता व्यक्त गर्दै भनी -” त्याे सिँगाने कुन्तीलाई चाहिँ किन पाँच सय दिनु परेकाे नी ?”
त्यसले भन्दा त तपाईँले नै धेरै काम गर्नुहुन्थ्याे नि हगि ! लादा ?”
” कम्तीकी छे त्याे ?”
राधा कुन्तीलाई पटक्कै मन पराउन्नथी । किन भने साहूले कुन्तीलाई सजिलाे काम तरकारी काट्ने , कुचाे लाउने ,भाँडा माझ्ने जस्ता काम दिएकाे थियाे भने राधाकाे दाजु राकेशलाई चाहिँ गाईवस्तु हेर्ने भकाराे साेर्ने , भारी बाेक्ने धान मकै पिस्ने जस्ता गाह्राे काम लगाउथ्याे।
एक पेट खान दिए पनि कामकाे बाँडफाँडमा अनि काम लगाउने कार्यमा विभेदले बाल मस्तिष्कमा अमिट छाप पर्न गयाे । आफ्नी बहिनी पनि असन्तुष्टि भएकी देखेर राकेश पनि आक्राेशित भयाे । असह्य भएर साहूसँग गएर पैसा कुन्तीकाे भन्दा थाेरै भएकाे जिकिर गर्याे । साहूले डुक्रिँदै बाेल्याे -” तँलाईभन्दा धेरै पैसा कुन्तीलाई दिन्छु ; किन थाहा छ ? ” तँ ठूलाे भइस् भने भनेकाे मान्दैनस् तर कुन्ती ठूली भएपछि मैले जे भने पनि मान्छे बुझिस् तैँले ?”
सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

4 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

5 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

1 day ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

1 day ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

2 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

2 days ago