ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ
देवकी बजै हान्ने राँगोजस्तै भएर जुनूको घरमा पुगेर लौरो मात्र के उठाएकी थिइन् ।
साकारले लौरो समातेर फ्याँक्दै खुसीको स्वरमा बोले– “म चौतारोमा रोएर बसेको थिएँ । दिदीले किन रोएको भनेर सोध्नुभयो । मैले सबै कुरा बताएँ । दिदीले ‘नरोऊ सहरिया बाबू ! म भाइटीका लगाइदिन्छु’ भनेर यहाँ ल्याउनुभएको हो नि ! मैले टीका पनि लगाएँ । मीठोमीठा खानेकुरा पनि खाइसकेँ । क्या मज्जा आयो ।”
हात जोड्दै जुनूका बाबु बोले— “माफ गर्नुहोस् बर्जु ! हामीले मर्यादा भुलेका छैनौँ । बाबूको आँसु हेर्न नसकेर मात्र हो । हामी परिबन्दमा पर्यौँ ।”
बजै मौन रहिन् । उनको आँखामा नातिले ‘हजुरआमा म टीका लगाउन आएको हुँ’ भनेको दृश्य नाच्यो । कानमा जेठी बुहारीले मोबाइलमा भनेका शब्द पनि गुन्जियो—‘नानीले मामाघरबाट आउन मन गरिनन् । साकारले अरूकै हातको टीका लगाए हुन्छ ।’
मुसुक्क हाँस्दै बोलिन् बजै— “मान्छे जातले होइन कर्मले ठूलो हुन्छ भन्थे ठीक नै रहेछ । म पनि अरूले जुनूसँग हजुरको नाति गएका छन्, भनेको सुनेर हान्निँदै आएँ । काठमाडौँदेखि त्यो पनि अरूको साथमा भाइटीका लगाउन भनेर नाति दोलखासम्म आए । आठ वर्षको नातिको भावना नौ वर्षकी जुनू र उनका बाबुआमाले मात्र बुझे । आफ्नै परिवारले र एघार वर्षकी दिदीले भाइको मर्म बुझिनन् । धन्न परमात्माको खेल ।”
जुनूलाई अङ्कमाल गर्दै साकार बोले—“अबदेखि ठूलो ड्याडीको छोरीसँग होइन जुनू परियार दिदीसँग नै टीका लगाउँछु । त्यो नट्टी दिदीलाई कट्टी गरिदिन्छु के !”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…