Categories: बाल कथा

“देश काल परिवेश”

बाबुराम पराजुली ” अबिरल,
सुर्खेत

“सधै घरमा बसेर तँलाई कस्ले पाल्छ ए” बुवाले खाना खाने बेलामा भने।
डिग्री गरेर पनि बेरोजगार भै घरमा बसिरहनु परेको पीडाले राजुको मन फेरि पोल्यो। काम खोज्दा खोज्दै भने जस्तो काम नपाएर एक हप्तापछि घर फर्किएको ऊ बोल्न केही सकेन। आमाले दाल कटौरामा थप्दै फेरि थपिन ” उ साँईला बाबुको छोरो तँ सँग पढ्दै थ्यो, पढ्न छोडेर कोरिया गा,को शहराँ त्यत्रो घर उठाई सक्यो, तैँले भने भएको पाँच कठ्ठा खेत पनि खाई सकिस !”


अत्ति भएपछि खाँदाखाँदैको गाँस छाडेर राजु उठ्यो र भन्यो ” मैले पनि केही गर्न खोजिरहेको छु ” जापानको लागि भिषा लगाएको छु, पछिल्लो पटक बेचेको खेतको प्रतिफल आउनै बाँकी छ, निराजन भन्ने दाइ लागि पर्नु भा`छ।”
शिक्षित बेरोजगार हुँदाको पीडा कति गाह्रो रहेछ, ज्याला मजदुरी गर्न शरीर बानी परेको छैन, अझ अरुले के भन्लान त्यो पिर छ, फेरि ज्याला मजदुरीको कमाईले जीविकोपार्जन मात्रै हुने हो! यस्तै कुरा मनमा खेलाएर राजु कोठामा पल्टियो। मोबाइलमा एफएम रेडियो बजिरहेको थियोे। समाचार आयो “काठमाडौको एक होटेलमा एक युवाले आत्म हत्या गरेका छन, उनलाई जापान पठाईदिन्छु भन्दै निराजन नाम गरेको ब्यक्तिले ठगी गरेपछि उनले आत्महत्या गरेका हुन। ठगी गर्ने निराजनको खोजी भै रहेको र उसको ठगीमा अरु धेरै युवाहरु पनि परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

19 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

19 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago