Categories: बाल कथा

‘धन्तेरस’


प्रेम नेउपाने प्रहर
रुम्तेक सिक्किम

“औ! सुनन, आज त धन्तेरस पो त । कागलाई पनि खानेकुरा चढ़ाउनु पर्छ।
बजारबाट पनि केही न केही त ल्याउनु पर्ने । के ल्याउनु हौ। गोजीमा पैसा पनि छैन । ए टी एमबाट निकाल्नु पर्छ।अलिक छिटो गर है । बजारबाट छिटै फर्केर आई घर को आँगन पनि लिप्नु पर्छ। सयपत्री त किन्नु पर्दैन होला तर पनि घर सजाउन झिल्झिले बत्ती त ल्याउनै पर्छ। एउटा ताँबाको ठुलो खालको कलश दुईटा झर्के थाल र लक्ष्मीको एउटा ठूलो फोटो चै बिर्सनु हुन्न । रहल खित्रिंग-मित्रिंग त सम्झेर ल्याउनु पर्ला । अँ दिदी बहिनीलाई कति कति दक्षिणा दिनु हौ। म त अलमल्ल पो पर्दैछु त।”
“भो-भो! केही टाउको दुखाउनु पर्दैन तपाईँले यहाँ । धन्तेरस एक दिन मनाएर हुन्छ ? धनको मूल्य त जीवन भरी बुझ्नु पर्छ। आज एक दिन कागलाई खाना चढ़ाउँदा केही हुँदैन । चढ़ाउनु नै हो भने ती भोका नांगा गरीबलाई ख्वाउनु पर्छ जसको गरीखाने सामर्थ्य छैन। जो लुला लंगड़ा छन् उनीहरुलाई दिनु।”
“एटीएमको त के कुरा गर्नु । चंखो मान्छेले त हिजो अस्ती नै तयारी बस्नु पर्छ। आज गयो भने त तीन दिन लाईनमा बस्नु पर्छ तबसम्म त पैसै सकिन्छ। तिहार पनि सकिन्छ।
आँगन किन लिप्नु र ? मनका मैला लिप्नु पर्छ। घर किन सजाउनु?सजाउनु त मन हो । एक दिन सजाएर हुन्न पल प्रतिपल सजाउनु पर्छ।तब पो त्योहार।
त्यो भैयाले धन्तेरसको नाममा हामीलाई कति ठग्छ थाह छ। एक सयको चीज चारसय भन्छ । दलाली गर्यो भने धन्तेरसको नाममा आज त घटाउन मिल्दैन भन्छ। हामी नेपाली लाटा । उनीहरु भगवानको नाममा व्यापार गर्छन् हामी भगवान कै नाममा लुटिन्छौ। तर पनि लु ठिक छ। जे जसरी भए पनि हामी हाम्रो चाढ़ मनाउँछौँ। भोलि देउसी खेल्न त्यही भैयाकोमा गयो भने दश रुपियाको दक्षिणा दिन्छ।
दिदी बहिनीलाई दक्षिणाको कुरो । यदि दिदी बहिनी पूज्ने हो भने लाख लाख रुपिया दक्षिणा दिनै पर्दैन। उनीहरुलाई सुरक्षा दिन सक्नु पर्छ। इज्जत दिनु पर्छ । माया ममता स्नेह र संस्कार दिनु पर्छ र आफू पनि संस्कारी हुन सक्नु पर्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

27 seconds ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

29 minutes ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

38 minutes ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago